ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् व्यवस्थापनमा वैचारिक मतभेदभन्दा माथि उठेर सहकार्य गर्ने ८ दलको साझा संकल्प


ABC NEWS
११ भदौ २०८३, बिहिबार   २ : ५५   बजे

काठमाडौं । भोटेकोशी बाढीपछि बसेको सर्वदलीय बैठकले विपद् व्यवस्थापन, नागरिकको जीवनरक्षा र राष्ट्रिय हितका विषयमा राजनीतिक दलहरू एक ठाउँमा उभिने सन्देश दिएको छ।

बैठकपछि आठ राजनीतिक दलले संयुक्त वक्तव्य जारी गर्दै वैचारिक मतभेदभन्दा माथि उठेर विपद्को सामना गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्निर्माण, जोखिम न्यूनीकरण र विपद् पूर्वतयारीका लागि १० बुँदे साझा संकल्प गरेका हुन्।

संकल्पपत्रमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृतिबाट ध्रुव राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्दन सिंहले हस्ताक्षर गरेका छन्।

विपद्को राजनीतिकरण नगर्न आग्रह

दलहरूले विपद् व्यवस्थापनलाई राजनीतिक स्वार्थबाट अलग राख्नुपर्नेमा जोड दिएका छन्। विपद्का बेला गरिने सहयोगलाई सस्तो लोकप्रियता वा राजनीतिक स्वार्थपूर्तिको माध्यम नबनाउन आग्रह गरिएको छ।

राजनीतिक दल, भ्रातृ तथा जनसंगठन र सदस्यहरूलाई उद्धार तथा राहतमा विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालित हुन आह्वान गरिएको छ।

त्यस्तै, आर्थिक सहयोग संकलनलाई पारदर्शी र व्यवस्थित बनाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा सरकारले तोकेको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न आग्रह गरिएको छ।

सामाजिक सञ्जालमा जिम्मेवार हुन आग्रह

संयुक्त वक्तव्यमा सामाजिक सञ्जालको विवेकपूर्ण तथा जिम्मेवार प्रयोगमा समेत जोड दिइएको छ।

आधिकारिक निकायबाट प्रमाणित सूचना मात्र सम्प्रेषण गर्न तथा विपद्सँग सम्बन्धित संवेदनशील सूचना प्रवाह गर्दा संयम अपनाउन नागरिक तथा सञ्चारमाध्यमलाई आग्रह गरिएको छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Criminal Fraudsters Threaten America’s Public Lands and Wildlife

Low-Wage Workers Face Threats as Corporate Leaders Remain Silent

Imagining a World Without 9/11: The Impact on America and Beyond

Strait of Hormuz Blockade Causes Historic Energy Disruption But Oil Prices Remain Stable

Pornography Industry Booms Amidst Legal and Technological Challenges

त्रिशूली–१ का ५५७ जना अझै सम्पर्कविहीन, ११५ जना सुरुङभित्र फसेको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu