ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी गएको १२ वर्ष, सुर्खेतका १२५ परिवार अझै त्रिपालमुनि


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ४ : २५   बजे

सुर्खेत । शासन व्यवस्था बदलियो, सरकार फेरिए, राज्यको संरचना केन्द्रीकृतबाट संघीय प्रणालीमा गयो। तर सुर्खेतका केही बाढीपीडितको जीवन भने विगत १२ वर्षदेखि उही अस्थायी टहरामै अड्किएको छ।

२०७१ सालको साउन अन्तिम साता सुर्खेतका विभिन्न नदी र खोलामा आएको बाढी तथा पहिरोले ठूलो धनजनको क्षति पुर्‍यायो। कतिपयले ज्यान गुमाए, धेरैले घर र खेत गुमाए। प्राकृतिक विपत्तिपछि विस्थापित भएका सयौँ परिवार जिल्लाका विभिन्न स्थानमा अस्थायी शिविर बनाएर बस्न बाध्य भए।

ती अस्थायी शिविरमध्ये एक हो, बराहताल गाउँपालिकाको गिरिघाट। हरिहरपुर क्षेत्रबाट विस्थापित भएका बाढीपीडित परिवार यहाँ विगत १२ वर्षदेखि अस्थायी टहरामै बस्दै आएका छन्।

सुरुमा शिविरमा ३८५ घरधुरी रहेकोमा केही परिवारले राहत तथा पुनर्वासको व्यवस्था पाएपछि अन्यत्र गएका छन्। तर अहिले पनि १२५ घरधुरी गिरिघाटमै अस्थायी बस्ती बनाएर बसिरहेका छन्।

सरकारले विभिन्न चरणमा राहत उपलब्ध गराए पनि अधिकांश वास्तविक पीडितले स्थायी पुनर्स्थापनाको अनुभूति गर्न नसकेको गुनासो गर्दै आएका छन्। उनीहरूका अनुसार आंशिक रूपमा प्रभावित परिवारले पुनर्वासको सुविधा पाउँदा पूर्ण रूपमा घरबार गुमाएका कतिपय परिवार भने अझै अस्थायी शिविरमै छन्।

७४ वर्षीय रुपलाल विक विगत १२ वर्षदेखि गिरिघाट शिविरमै बस्दै आएका छन्। स्थायी र सुरक्षित घरमा बस्ने आशा राख्दै आएका उनको जीवनका १२ वटा वर्षा र हिउँद त्रिपालमुनि बितिसकेका छन्।

वर्षायाममा धुजाधुजा भएको त्रिपालबाट पानी चुहिन्छ। गर्मीमा चर्को घाम र जाडोमा कठ्याङ्ग्रिने चिसोसँगै उनीहरूको दैनिकी बित्छ। त्यसमाथि बिहान–बेलुकीको छाक टार्ने चिन्ताले उनीहरूको जीवन थप कष्टकर बनेको छ।

रुपलालजस्तै गिरिघाटका १२५ परिवारको अवस्था पनि उस्तै छ। सुर्खेत–जुम्ला सडकखण्डको छेउमा रहेको यो अस्थायी बस्तीमा बसोबास गर्ने अधिकांश परिवार दैनिक ज्यालादारी र अनौपचारिक श्रममा निर्भर छन्।

बस्तीकी खगिसरा कामी पहिले गिट्टी–बालुवा बेचेर जीवन निर्वाह गर्थिन्। अहिले उनी दाउरा बिक्री गरेर परिवारको खर्च चलाइरहेकी छन्। अर्की स्थानीय कमला विकको जीवन पनि दाउरा बिक्रीमै निर्भर छ।

विपद्पछि सुरु भएको विस्थापन, स्थायी बनेको अस्थायी जीवन

प्राकृतिक विपद्, गरिबी र बसाइँसराइका कारण विस्थापित हुने नागरिकको समस्या सुर्खेतमा मात्र सीमित छैन। कर्णाली प्रदेशका विभिन्न जिल्लामा हजारौँ परिवार सुकुम्बासी वा अव्यवस्थित बसोबासको अवस्थामा रहेका छन्।

अधिकांश निम्न आय भएका परिवार खोला किनार, सडक छेउ तथा सार्वजनिक जग्गामा अस्थायी टहरा बनाएर बसिरहेका छन्। वर्षौँदेखि एउटै स्थानमा बसोबास गर्दै आएका कारण उनीहरू त्यहाँबाट हट्न पनि तयार छैनन्।

तर अर्कोतर्फ सरकारले सार्वजनिक क्षेत्र संरक्षण गर्ने तथा सार्वजनिक जग्गा खाली गर्ने नीति अघि बढाउँदा यस्ता बस्ती हटाउने प्रक्रिया पनि चलिरहेको छ। राज्यको पुनर्वास नीति र सार्वजनिक सम्पत्तिको संरक्षणबीचको यही द्वन्द्वले सुकुम्बासी तथा विपद्पीडित परिवारको भविष्य थप अनिश्चित बनाएको छ।

देशभरको तुलनामा कर्णाली प्रदेशमा भूमि समस्यासँग सम्बन्धित परिवारको संख्या कम रहेको तथ्यांकले देखाउँछ। कर्णालीमा कुल ५७ हजार ३०० परिवार सूचीकृत रहेकोमा ५२ हजार ५५३ परिवार अव्यवस्थित बसोबासको श्रेणीमा रहेका छन्।

प्रदेशगत रूपमा भने लुम्बिनीमा भूमि समस्या सबैभन्दा ठूलो देखिएको छ। त्यहाँ सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्ने गरी तीन लाख १७ हजार १९० परिवार सूचीकृत छन्।

गिरिघाटका बाढीपीडितको कथा भने केवल भूमि समस्याको तथ्यांक मात्र होइन। यो विपद्पछि राज्यले नागरिकलाई कति समयसम्म अस्थायी अवस्थामा राख्न सक्छ भन्ने प्रश्न पनि हो।

बाढी आएको १२ वर्ष बितिसक्दा पनि गिरिघाटका १२५ परिवार स्थायी घरको प्रतीक्षामा छन्। शासन व्यवस्था फेरियो, सरकार फेरिए, नीति र संरचना बदलियो—तर उनीहरूको जीवनमा भने एउटा कुरा बदलिएको छैन : सुरक्षित र स्थायी बसोबासको प्रतीक्षा।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

भोटेकोशी बाढी : जुम्लाका २० जना सम्पर्कमा आए, ५६ जना अझै सम्पर्कविहीन

चार सातापछि बस्यो कर्णाली मन्त्रिपरिषद् बैठक, कर्मचारीको नयाँ तलबमानदेखि राजस्व विधेयकसम्म निर्णय

नागरिकले अनुभूति गर्ने विकासमा केन्द्रित हुन कर्णाली सरकारलाई पूर्वमुख्यमन्त्रीहरूको सुझाव

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu