ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘म मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने पुरानो शैलीको नेता होइन’ : गृहमन्त्री गुरुङ


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   २ : ५५   बजे

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले विपद्का बेला मन्त्रालयको कुर्सीमा बसेर कागजात हेर्ने पुरानो शैलीको नेतृत्वभन्दा आफू फिल्डमै पुगेर प्रत्यक्ष रूपमा काम गर्ने पक्षमा रहेको बताएका छन् ।

शुक्रबार बिहान माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार भइरहँदा गृहमन्त्री गुरुङ घटनास्थल पुगेका थिए । उद्धार गरिएका जलविद्युत् आयोजनाका कर्मचारीलाई घटनास्थलबाट हेलिकप्टरसम्म पुर्‍याउने कार्यमा समेत उनी सक्रिय देखिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको शैलीबारे आलोचना भएको थियो ।

त्यसको जवाफ दिँदै गुरुङले आफूलाई पुराना शैलीका राज्य सञ्चालकजस्तो मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने नेताका रूपमा मात्र नबुझ्न आग्रह गरेका छन् ।

‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ, जेनेरेसन ग्याप,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

गुरुङका अनुसार विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको छ । उनले आफूले हरेक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठकहरू अनलाइन माध्यमबाट गरिरहेको दाबी गरेका छन् ।

‘वर्षौँदेखि हामीले फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएका छौँ,’ उनले लेखेका छन्, ‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ।’

गृहमन्त्री गुरुङले डिजिटल माध्यमबाट भइरहेको समन्वय र निर्णय प्रक्रिया टेबल पछाडि बसेर काम गर्नुभन्दा छिटो र प्रभावकारी रहेको दाबी गरेका छन् ।

‘टेबल पछाडि बसेरभन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको छ,’ उनले भनेका छन्, ‘त्यसैले म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्न चाहन्छु।’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई हो : ओली

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा पुनः शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सार्वजनिक पदाधिकारीले पाएका उपहार सार्वजनिक गर्न सर्वोच्चको आदेश

नेपाललाई हिमताल जोखिम र मौसमसम्बन्धी सूचना उपलब्ध गराउने चीनको प्रतिबद्धता

ईयू पनि अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’मा, इरानमाथि आर्थिक दबाब थपिँदै

इंग्ल्यान्डविरुद्ध टी–२० शृंखलाबाट कुशल मेन्डिस बाहिर

बाढीले बगाएका पुलमा बेलिब्रिज राख्दै सडक विभाग, वेत्रावती र त्रिशूलीमा अझै चुनौती

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई हो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu