ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दार्चुलामा पहिरोपछि घट्यो जोखिम, चौलानी नदीको बहाव सामान्य


ABC NEWS
२० भदौ २०८३, शनिबार   १२ : ०५   बजे

काठमाडौं । दार्चुलामा पहिरोपछि बढेको जोखिम हाल घटेको देखिएको छ। अपिहिमाल गाउँपालिका–१, भट्टारमा पहिरो खसेपछि प्रभावित बनेको चौलानी नदीको बहाव शनिबार सामान्य देखिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) वर्तराज पौडेलले जानकारी दिएका छन्।

शुक्रबार पहिरो खस्दा नदीको बहाव केही हदसम्म अवरुद्ध भएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको थियो। तर अहिले पानी आफ्नै गतिमा निकास भइरहेको र नदीको तल्लो क्षेत्रमा पानीको बहावमा ठूलो उतारचढाव नदेखिएको सीडीओ पौडेलले बताए।

उनका अनुसार पहिरो खस्ने क्रमसमेत रोकिएको छ र तत्काल थप जोखिम देखिएको छैन। नदी किनारमा केही गेग्य्रान थुप्रिए पनि त्यसको उल्लेखनीय असर नपरेको प्रशासनको भनाइ छ।

मानवीय तथा पशुचौपायामा क्षति नभएको सीडीओ पौडेलले बताए। जोखिममा रहेका आठ घरपरिवारलाई शुक्रबार नै माथिल्लो तथा सुरक्षित स्थानमा सारिएको छ। उनीहरूमध्ये केही आफन्तको घरमा बसेका छन् भने सम्बन्धित वडा कार्यालयले आवश्यक व्यवस्थापन गरिरहेको जनाइएको छ।

यद्यपि, पहिरोका कारण अपिहिमाल बेसक्याम्प जाने पैदलमार्ग अवरुद्ध भएको छ। उक्त क्षेत्रमा मोटरबाटो नपुगेकाले पैदलमार्गबाटै आवतजावत गर्नुपर्ने अवस्था रहेको पौडेलले बताए।

पहिरो खसेको स्थान सदरमुकाम खलंगाबाट करिब १६–१७ घण्टाको पैदल दूरीमा रहेको छ। पालिकाको केन्द्रसम्मसमेत सडक नपुगेको प्रशासनले जनाएको छ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ भने स्थानीय अवस्था र जोखिमबारे निगरानी भइरहेको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महोत्तरीबाट २ करोड ४० लाखको १२ सय थान एप्पल एयरपड्स बरामद

पहिरोले कर्णाली करिडोर अवरुद्ध, सवारीसाधन बाटोमै रोकिए

सम्बन्धित

रसुवा–नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम

हेटौँडा–काठमाडौं आवागमनका लागि भीमफेदी–सिस्नेरी सडक वैकल्पिक मार्ग बनाइँदै

दस दिनसम्म बन्द थियो चुलो, आमाको आँखामा थियो छोराको अनुहार; कृष्णाष्टमीमा फर्कियो सञ्जयको सास

बाढीले बगाएका पुलमा बेलिब्रिज राख्दै सडक विभाग, वेत्रावती र त्रिशूलीमा अझै चुनौती

नुवाकोटको पटाबारीमा पहिरो, काठमाडौं–नुवाकोट सडक अवरुद्ध

‘अब जीवन यति नै रहेछ’ लागेको थियो, भित्ताले फोडेपछि बाढीको भुमरीमा हुत्तिएँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu