ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुटिन ट्रम्पलाई भेट्न तयार ः रूसी विदेश मन्त्रालय


एबीसी न्यूज
८ बैशाख २०७५, शनिबार   ६ : ३०   बजे

 

मस्को, रूस,८  वैशाख ।   रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी निमन्त्रणामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न तयार रहेको बताउनुभएको रूसी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।

तर मस्कोले अमेरिकी विस्तृत प्रस्तावको पर्खाइमा रहेको रूसी विदेश मन्त्रालयले बताएको छ ।

ट्रम्पले पुटिनसँग गत मार्च २० मा भएको टेलिफोन वार्तामा ह्वाइट हाउसमा भेट गर्नका लागि प्रस्ताव गरेको बिषयलाई रूसी विदेशमन्त्री सेर्गेई लाभरोभले विदेशमन्त्रालयको वेवसाइटमा प्रकाशितएक अन्तवार्तामा बताउनुभएको छ । लाभरोभले भन्नुभयो, “अमेरिकाले निमन्त्रणाको बिषयलाई प्रष्टरूपमा प्रस्तुत गरोस् ।”

ट्रम्प र पुटिनबीचको वार्तापछि सोही दिन अमेरिकी राष्ट्रपतिले सञ्चारमाध्यमसँग कुराकानी गरी आफूले पुटिनलाई ‘ढिलो नगरी’ भेट्न चाहेको बताउनुभएको बिषयलाई लाभरोभले स्मरण गर्नुभयो ।

क्रेमलिनका सहयोगी यूरी उसाकोभले यसै महिनाको शुरूमा मार्चपछि दुई राष्ट्रपतिको भेटका बिषयमा कुनै छलफल नभएको बताउनुभएको थियो ।

अमेरिकाले रसियामाथि लगाएको नयाँ चरणको नाकावन्दी र सिरियामा अमेरिकी नेतृत्वमा भएको हवाई हमलाले पुटिन र ट्रम्पबीच हुने भनिएको वार्तालाई अनिश्चिल बनाइदिएको छ ।

रूस र अमेरिकाबीचको सैन्य विवादलाई ट्रम्प र पुटिनले सशस्त्र युद्धमा परिणत हुन नदिने दृढ विश्वास लाभरोभले बताउनुभएको छ ।

लाभरोभले भन्नुभयो, “ट्रम्पले ट्वीटरमा रूस र अमेरिकाबीचको सम्बन्ध सुधारका लागि इच्छा व्यक्त गर्नुभएको छ । ”
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा परिणाममुखी काम गर्ने शोभा गौतम प्यानलको प्रतिबद्धता

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu