ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमाण संकलन गर्न सिरिया पुगे रासायनिक हतियारको विज्ञ टोली


एबीसी न्यूज
९ बैशाख २०७५, आइतबार   ९ : २७   बजे

सिरियाको राजधानी दमास्कस नजिकै रासायनिक हमला भएको भनिएको स्थानमा रासायनिक हतियारसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञहरुले अन्ततः निरिक्षण गरेका छन् ।

अर्गनाइजेशन फर द प्रोहिबिशन अफ केमिकल वेपन्स (ओपीसीडब्ल्यू) ले सिरियाको डूमा पुगेर त्यहाँबाट नमूना र अन्य प्रमाण संकलन गरेका छन् । डूमा अहिले सिरिया र रुसको नियन्त्रणमा छ । दुबै पक्षले त्यस्तो कुनै पनि रासायनिक हमला भएको अस्विकार गर्दै आएका छन् ।

सिरियाली सरकारी पक्षले गत अप्रिल ७ मा रासायनिक हमला गरेको भनिएको जवाफस्वरुप गत शनिबार अमेरिका, फ्रान्स र ब्रिटेनले सिरियाविरुद्ध क्षेप्यास्त्र हमला गरेका थिए ।

ओपीसीडब्ल्यूले प्रेस विज्ञप्ति जारी गर्दै डूमा नगरको निरिक्षण गरेको र संकलित नमूनालाई थप अनुसन्धानका लागि द हेगको रिजस्विकमा रहेको आफ्नो प्रयोगशालामा पठाइएको जानकारी दिएको छ ।

ओपीसीडब्ल्यूले अन्य सूचना तथा सामग्रीसमेत संकलन गरेको जानकारी दिएको छ ।

सो संगठनको ९ सदस्यीय टोलीले डूमा नगरभित्र पहुँच पाउने अनुमती प्राप्त गर्नका लागि एक हप्तादेखि राजधानी दमास्कसमा प्रतिक्षा गरिरहेको थियो ।

अनुगमनकर्ताको सो टोलीले बुधबार नै डूमा नगरमा प्रवेश पाउने भनिएको थियो । तर स्थलगत अनुसन्धानका लागि संयुक्त राष्ट्रको एक टोलीमाथि मंगलबार हमला भएपछि उनीहरुको भ्रमण धकेलिएको थियो ।  बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा पुनः बाढी आएपछि धुञ्चेसम्म त्रास, स्थानीय सुरक्षित स्थानमा गए

भोटेकोसीमा आएको बाढीले आधा घण्टामै त्रिशूलीको जलसतह ३ मिटर बढ्यो

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu