काठमाडौं, ९ वैशाख, । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अव दुई पार्टी मिल्नुको विकल्प नभएको प्रष्ट पारेका छन् ।
अध्यक्ष ओलीले आफूहरुसँग पार्टी एकता सफल पार्नुबाहेक अर्को विकल्प नभएको प्रशंग भने , ‘हामी त्यो ठाउँमा पुगिसक्यौं, जुत्ता मिलेन भने खुट्टा ताछनु छ (ताछेर) पनि मिलाउनुपर्छ । यो बाहेक अर्को बाटो छैन ।’
उक्त कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले एकताबाट दायाँबायाँ गर्ने बाटो नभएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्