काठमाडौं, १० वैशाख । साढे ३३ किलो सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक डिआइजी गोविन्द निरौलालाई पक्राउ गरेको छ ।
माघको अन्तिम हप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको सुन हराएपछि छानबिनका लागि गृह मन्त्रालयले बनाएको समितिले निरौलालाई अनुसन्धानका लागि आइतबार साँझ पक्राउ गरेको हो ।
निरौला विमानस्थल प्रहरी प्रमुख रहेको बेला सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क रहेको भन्दै उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको गृह मन्त्रालयले जनाएको छ । निरौलाले गत चैत २९ मा अवकाश लिएका थिए ।
गएको माघ ७ गते यूएर्इबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ किलो सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । घटनामा संलग्न हालसम्म २१ जना पक्राउ परिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्