ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परमाणु सम्झौताबाट हटेर देखाउन रूहानीको अमेरिकालाई चेतावनी


एबीसी न्यूज
१२ बैशाख २०७५, बुधबार   ११ : १२   बजे

 

अमेरिका, १२ वैशाख  ।   इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच वासिङ्टनमा उक्त एजेण्डामा छलफल हुनु केही घण्टापूर्व रुहानीको यस्तो चेतावनी आएको हो ।

ट्रम्पले उक्त सम्झौतालाई भङ्ग गरिदिने भनेर दिदैँ आएको धम्कीलाई कार्यान्वयन गरे त्यसको गम्भीर परिणामहरू हुने रुहानीले बताउनुभएको छ ।

विश्व शक्ति राष्ट्रहरु र इरानबीच सन् २०१५ मा परमाणु कार्यक्रमबारे एक सम्झौता भएको थियो । जस अन्तर्गत इरानले आफ्नो परमाणु कार्यक्रमलाई सीमित तुल्याउने प्रतिबद्धता जनाएको थियो ।

सम्झौतापछि इरानविरुद्ध लगाइएका विभिन्न प्रतिबन्धहरु हटाइएका थिए ।

फ्रान्सका राष्ट्रपति म्याक्रोँले ट्रम्पलाई सो सम्झौताबाट पछि नहट्नका लागि दबाब दिने ठानिएको छ । रुस तथा चीन दुवैले यसका लागि निरन्तर समर्थन पनि जनाइरहेका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सम्झौतालाई ट्रम्पले सधै “खराब सम्झौता” भन्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा पुनः बाढी आएपछि धुञ्चेसम्म त्रास, स्थानीय सुरक्षित स्थानमा गए

भोटेकोसीमा आएको बाढीले आधा घण्टामै त्रिशूलीको जलसतह ३ मिटर बढ्यो

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu