ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्मेनिया सङ्कट गहिरिँदै, दशौँहजार प्रदर्शनकारीद्वारा सरकार विरुद्ध प्रदर्शन


एबीसी न्यूज
१३ बैशाख २०७५, बिहिबार   ६ : २४   बजे

 

यराभान, अर्मेनिया,  १३ वैशाख ।अर्मेनियामा प्रधानमन्त्रीसेर्ज सार्गस्यानले सोमबार राजिनामा दिएपनि सत्ताधारी दल रिपब्लिकन पार्टीले सत्तालिप्सा देखाएको भन्दै बुधबार पनि अर्मेनियाली प्रतिपक्षी समूह समर्थक दशौँ हजार नागरिकले राजधानी लगायत देशका प्रमुख शहरमा विरोध जुलुस गरेका छन् ।

हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजिनामा गर्नुभएकोे थियो ।

“वर्तमान अवस्थामा समस्या समाधानका कैयाँै उपाय थिए तर मैले ति कुनै पनि रोज्न चाहिन,” सार्गस्यानले जनताको प्रजातान्त्रिक विरोधको सम्मान गर्दै प्रधानमन्त्रीबाट हटेको बताउनुभयो ।

अर्मेनियाको प्रतिपक्षी सांसद तथा सिभिल कन्ट्राक्ट पार्टीका नेता निकोल पासिन्यानको नेतृत्वमा अर्मेनियाका मुख्य शहरहरूमा पूर्व राष्ट्रपतिसमेत रहेका सार्गस्यानले सत्तामोहका कारण मुलुकलाई अनिर्णयको वन्दी बनाएको भन्दै भएका प्रदर्शनपछि ६३ बर्षीय प्रधानमन्त्रीले राजिनामा दिनु भएको हो ।

यही अप्रिल १७ गतेदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका सार्गस्यानले राजिनामा दिएपनि सत्ताधारी दलले सत्ता हस्तान्तरण गर्न आनाकानी गरेको भन्दै प्रदर्शनलाई प्रतिपक्षी दलले जारी राखेको छ ।

रिपब्लिकन नेताहरूले सडक आन्दोलनलाई दवाएर अघि बढ्न खोजे मुलुकभर दङ्गा र झडपका भयानक घटनाहरूको देशले सामना गर्नुपर्नेछ, ४० बर्षीय एक वकील रजन्ना भार्तान्यानले एएफपी सम्बाददातासँग बताउनुभयो ।

अर्मेनीयाका चर्चित राजनीतिक विश्लेषक स्टेपन ग्रिगोर्यानले प्रदर्शनको समर्थनमा भन्नुभयो, अर्मेनियाको वर्तमान् राजनीतिक पद्धतिलाई अपराधी शासन व्यवस्थाका रूपमा देखिएको छ जनता गर वा मर को अवस्था रहेका छन् ।

उहाँले सरकारबाट प्रधानमन्त्रीले राजिनामा दिएको तर सत्ताधारी दलले सत्ताको चावी जनतालाई हस्तान्तरण गर्न आनाकानी गरेको बताउँदै भन्नुभयो, टाउको काटिएको छ तर शरीर (सत्ताधारी रिपब्लिकन पार्टी) सत्ताबाट हट्न मानिरहेको छैन । यसलाई पनि आन्दोलनको बलमा हटाइनेछ ।

यसैबीच रूसले पूर्व सोभियत राज्य अर्मेनियामा भइरहेको राजनीतिक घटनाक्रमलाई निकटबाट हेरिरहेको तर हस्तक्षेप नगर्ने बताएको छ । रूसले अर्मेनियामा सैनिक शिविर राख्दै आएको छ ।

रूसी राष्ट्रपतिका भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले भन्नुभयो, “हामी यो बिषयलाई अर्मेनियाको आन्तरिक मामिला भएको सम्झेका छौँ ।”

–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu