काठमाडौं, १४ वैशाख । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर वार्ता भइरहेको छ।
दुवै देशका शीर्ष नेता शान्तिक्षेत्र पानमुनजोमको दक्षिणतर्फको भूभागमा बनाइएको भवनमा वार्तामा संलग्न छन्। दुई नेताले भेट गर्दा निकै हौसलापूर्ण भावका साथ हात मिलाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
किमको सम्मानमा दक्षिण कोरियाली सैनिकले सलामी अर्पण गरेको थियो। सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि दक्षिण कोरियाको भूमि टेक्ने किम पहिलो उत्तर कोरियाली नेता हुन।
प्रतिक्रिया दिनुहोस्