कुक र नुडल्स बनाउने मेसिन नै आफ्नो साथमा
काठमाडौं, १४ वैशाख । उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन मुन जे–इनको भेटवार्ता आफैंमा ऐतिहासिक रहृयो ।
पहिलो पटक उत्तर कोरियाली नेताले दक्षिण कोरियाको असैन्य भूमिमा पाइला टेके । तर, यो भेटवार्ता यतिमा मात्र सीमित छैन । केही रोचक कुराहरु पनि भएका छन् ।
त्यसमध्ये एक हो, नुडल्स उपहार, कुक र नुडल्स बनाउने मेसिन नै आफ्नो साथमा
किमले राष्ट्रपति मुनलाई प्योङयाङ शहरको प्रसिद्ध नुडल्स उपहार ल्याएका छन् । गहुँ र फापरको पिठोबाट बनाइएको यसलाई बनाउने धरै तरिका हुन्छन् । तर, गर्मी महिनामा चिसो सुपसँग खाइन्छ । यो संसारभरका कोरियनमाझ लोकप्रिय छ ।
‘डिनरमा के खाने भन्ने तातो बहस भएको मैले हेरेँ,’ किमले भनेका छन्, ‘त्यसैले मैले प्योङयाङको कोल्ड नुडल्स पनि ल्याएको छु । राष्ट्रपति र तपाईंहरुले प्योङयाङ नुडल्सको स्वाद लिन सक्नु हुनेछ ।’
समाचारहरुमा जनाइएअनुसार प्योङयाङबाट प्याकिङ ‘कोल्ड नुडल्स’ ल्याउन पनि सकिन्थ्यो । तर, किमले राष्ट्रपति मुनलाई ताजा नै खुवाउने योजना बनाएर कुक र नुडल्स बनाउने मेसिन नै आफ्नो साथमा ल्याएका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किमले आफ्नो साथमा ट्वाइलेट पनि ल्याएका छन् । सार्वजनिक शौचालय प्रयोग गर्नु पर्ने डरले उनले आफ्नो साथमा ट्वाइलेट ल्याएका हुन् ।
प्रतिक्रिया दिनुहोस्