काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रदेश नं. ५ को संसदमा सम्बोधन गर्ने भएका छन् ।
वैशाख १६ गते बिहान ९ बजे प्रदेशसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यत्रम रहेको संसद सचिवालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्न शनिबार लुम्बिनी आउने अवसर पारि संसदमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको संसद सचिवालयका सचिव मानबहादुर विकले जानकारी दिए ।
प्रधानमन्त्री ओली बौद्ध सम्मेलन र बुद्ध जयन्ती अवधीभर तीन दिनसम्म लुम्बिनीमा बस्ने कार्यक्रम रहेको छ । प्रदेशसभामा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको यो पहिलो कार्यक्रम हो ।
प्रतिक्रिया दिनुहोस्