‘एमाले–माओवादी एकता प्रक्रियामा कुनै समस्या आएको छैन,’ सोमबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा नेता नेम्वाङले भने, ‘एकतापछि पार्टी सञ्चालनमा समस्या नहोस् भनेर दुई अध्यक्षबीच गम्भीर छलफल भइरहेको छ । नेम्वाङले निरन्तर वार्तामा बसेर पार्टी एकताको घोषणा गर्ने तयारीमा दुई अध्यक्ष जुटेको भन्दै एकतामा आशंका नगर्न आग्रह गरे ।
दुई पार्टीको एकतालाई निर्वाचनमार्फत मतदाताले अनुमोदन गरिसकेकाले पनि एकताको विकल्प नभएको उनको भनाइ छ । नेपालको संविधान छोटो समयमा सर्वस्वीकार्य भएको जिकिर गर्दै उनले समृद्धिको यात्रामा वाम सरकार अघि बढेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्