काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । उहाँ २ दिन सम्म झापामा हुने विभिन्न कार्यक्रममा सहभागित रहने छ।
झापामा मंगलबार र बुधबार बस्दा प्रधानमन्त्री ओली दर्जन भन्दा बढी कार्यक्रममा सहभागी हुनुहुनेछ । मंगलबार पौने ११ बजे भद्रपुर पुग्ने प्रधानमन्त्री ओलीले मंगलबार जिल्ला समन्वय समिति झापाको सभालाई संबोधन गर्नुहुनेछ । उहाँले आजै चारपाने—राजगढ सडकको सिलान्यास, लक्ष्मीपुर–साधुटार सडकको उद्घाटन र बिरिङ खोलामा पुलको सिलान्यास गर्ने तालिका रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
त्यतिमात्र होइन, प्रधानमन्त्री ओलीले मंगलबार नै पाडाजुँगी–खजुरगाछी सडक तथा मलडाँगी–समयगढ सडकको समेत शिलान्यास गर्नुहुनेछ ।
बुधबार काठमाडौ फर्किनु अघि पनि प्रधानमन्त्री ओलीको धपेडी कम हुने छैन । बुधबार उहाँले दमक नगरपालिकाको हातामा निर्मित प्रतिमा अनावरण, खानेपानी आयोजना उद्घाटन, दमकको मुख्य बजारमा निर्मित नमूना मार्गको उद्घाटन र दमक गोल्डकप फुटबलको उद्धघाटन गर्नुहुनेछ । दोस्रो पटक प्रधानमन्त्री भएपछि उहाँ पहिलोपटक गृहजिल्ला झापा जान लाग्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्