अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा मन्त्री विष्टले यसका लागि आफुले कार्यदल गठन गरेको र त्यसको प्रतिबेदन आउँदावित्तिकै सिन्डिकेट तोडेर जाने तयारी गरिरहेको पनि जानकारी दिए ।
अहिलेसम्म नीजि क्षेत्रबाटमात्रै भैरहेको स्वास्थ्य परीक्षण अव सरकारी अस्पतालबाट समेत हुने गरि सिन्डिकेट तोडिने मन्त्री विष्टले स्पष्ट पारे । ‘यस्तो सिन्डिकेट तोडिने गरी कार्यदल गठन भएको छ । त्यसको रिपोर्ट आउदा वित्तिकै स्वभाविक रुपमा सिन्डिकेट तोडिन्छ ।’ मन्त्री विष्टले भने, ‘अव सरकारी अस्पतालबाटसमेत स्वास्थ्य परीक्षणको व्यवस्था गरिन्छ । यसका लागि कुन कुन अस्पतालले यस्तो सुविधा दिन सक्छन भनेरसमेत अध्ययन भैरहेको छ ।’
मन्त्री विष्टले कार्यभार सम्मालेपछि वैदेशिक रोजगारीको क्षेत्रमा रहेको सिन्टिकेट तोड्ने गरी कार्यदल बनाएका थिए । कार्यदलले अहिले काम गरिरहेको छ । ४५ दिनको समय पाएको कार्यदलको अब केही सातामात्रै वाँकी छ ।
त्यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विष्टले साउन १ बाट श्रमिकको न्यूनत तबल बढ्ने पनि बताएका छन् । न्यूनतम पारिश्रमिक बृद्धिका लागि समिति गठन भएको र त्यसैको सिफारिसमा उनीहरुको तलव बृद्धि गर्ने गरी निर्णय लिन थालिएको मन्त्री विष्टले बताए ।
प्रतिक्रिया दिनुहोस्