ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्ने तयारी


एबीसी न्यूज
१९ बैशाख २०७५, बुधबार   ८ : २२   बजे

 

सोल, १९वैशाख ।  उत्तर र दक्षिण कोरियाबीच गतहप्ता भएको सहमति बमोजिम उत्तर कोरियाले आफ्नो देशभित्र हुदै आएको आणविक कार्यक्रम रोक्ने भएको छ ।

उत्तर कोरियाली अधिकारीहरुले आणविक उत्पादन र जथाभावी परीक्षणको कार्यक्रम रोक्ने तयारी गरिरहेको जानकारी एकजना उत्तर कोरियाली अधिकारीले दिएका छन् ।

दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको समाचार आएको छ । यस समाचारपछि उत्तर कोरियालाई पनि आणविक कार्यक्रम रोक्ने दवाव परेको हुनुपर्ने दक्षिण कोरियाली एक अधिकारीले बताए ।

ती अधिकारीले भने– दुई कोरियाबीचको उक्त शान्ति सम्झौताको कार्यान्वयनको काम दक्षिण कोरियाले सुरु गरिसकेकोले अब छिट्टै उत्तरले पनि सो कार्य गर्नुपर्दछ ।

गत शुक्रबार भएको दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनबीचको वार्ताका क्रममा पनि उत्तर कोरियाली नेता उनले आणविक कार्यक्रम रोक्ने जानकारी दिनुभएको थियो ।

उत्तर कोरियाली नेता उनले मे महिनामा आणविक कार्यक्रम रोकिने र यस कार्यक्रमको पर्यवेक्षणका लागि अमेरिकी विज्ञलाई समेत आमन्त्रण गरिने बताउनुभएको थियो ।

उत्तर कोरियाली एक अधिकारीले भने– आणविक कार्यक्रम रोक्ने बारेमा तयारी भइरहेको छ र केही दिनमा यस विषयमा सार्वजनिक रुपमा नै जानकारी गराइने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा पुनः बाढी आएपछि धुञ्चेसम्म त्रास, स्थानीय सुरक्षित स्थानमा गए

भोटेकोसीमा आएको बाढीले आधा घण्टामै त्रिशूलीको जलसतह ३ मिटर बढ्यो

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu