ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 उत्तर कोरियाले आफ्नो समय दक्षिण कोरियासँग मिलाइयो


एबीसी न्यूज
२२ बैशाख २०७५, शनिबार   ७ : ३९   बजे

काठमाडौं, २२ वैशाख ।  उत्तर कोरियाले आफ्नो समय दक्षिण कोरियासँग मिलाएको छ । यसअघि उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा घण्टा ढिला थियो ।

उत्तर कोरियाको समाचार एजेन्सी केसीएनले दक्षिण कोरियासँगको टाइम जोनसँग उत्तर कोरियाको टाइम जोन समान बनाइएको जानकारी दिएको छ ।

हालै उत्तर कोरियाका नेता किम जोङ्ग उनले दक्षिण कोरियाको भ्रमण गर्दा टाइम जोन समान बनाउने,लगायतका सहमति भएका थिए ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनले भनेको छ, ‘ऐतिहासिक उत्तर–दक्षिण शिखर बैठकपछि टाइम जोन मिलाउनु पहिलो व्यवहारिक कदम हो ताकि उत्तर एवं दक्षिण कोरियालाई एक बनाउने प्रक्रियालाई तीव्रता दिन सकियोस् ।’

अप्रिलको अन्त्यतिर भएको कोरियाली शिखर वार्तापछि उत्तर कोरियाले आपसी सम्बन्ध थप मजबुत बनाउनका लागि आफ्नो घडीलाई ३० मिनेट छिटो गराएर दक्षिण कोरियासँग मिलाउने निर्णय गरेको थियो ।

सन् २०१५ देखि उत्तर र दक्षिण कोरियाको टाइम जोन अलग–अलग भएको थियो । त्यस समय उत्तर कोरियाले आफ्नो मानक समयलाई दक्षिण कोरियाको भन्दा ३० मिनेट ढिलो गरेको थियो ।

उत्तर कोरियाका नेता किम जोङ्ग उन दक्षिण कोरियाको राष्ट्रपति मुन जे इनसँग भेटवार्ता गर्न गत २७ अप्रिलमा दक्षिण कोरिया पुगेका थिए । सन् १९५३ मा कोरियाली युद्धपछि उत्तर कोरियाको नेताले दक्षिण कोरियामा पाइला टेकेको यो पहिलो पटक हो । युद्धपछि कोरिया उत्तर र दक्षिण कोरियाको रुपमा विभाजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu