नयाँदिल्ली । भारतको झारखण्ड राज्यको एउटा गाउँमा प्रहरी जवान र महिलालाई स्थानीयले बाँधेर कुटपिट गरेका छन् । ती महिला अर्काकी पत्नी हुन् ।
झारखण्डको कोडरमा गाउँमा रातिको ड्युटी सकेर फर्केका प्रहरी जवानले महिलालाई सुनसान झाडीमा लगेर यौनसम्बन्ध राखेका थिए । उनीहरूले झाडीमा आपत्तिजनक क्रियाकलाप गरेको भनेर गाउँलेले दुवैलाई निर्घात कुटपिट गरेका हुन् ।
शनिबार बिहानसम्म ती दुईजना आपत्तिजनक अवस्थामा भेटेपछि गाउँलेले दुवैलाई रुखमा बाँधेर कुटपिट गरेको जनाइएको छ ।
कुटपिटबाट महिला बेहोस भएपछि उनलाई भुइँमा सुताएर प्रहरी जवानलाई कुटिरहेको समाचारमा उल्लेख छ । घटनाको जानकारी पाएर घटनास्थल पुगेको प्रहरीले ती दुईलाई गाउँलेबाट छुटाएर अस्पताल भर्ना गरेको छ ।
स्थानीयका अनुसार ती प्रहरी जवान रातिको गस्तीको ड्युटी सकेर घर फर्कदैँ थिए । महिलाको सहमतिमा प्रहरी जवानले उनलाई झाडीमा लगेर
यौनसम्बन्ध बनाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । गाउँलेले दुवैलाई आपत्तिजनक अवस्थामा भेटेका थिए । – एजेन्सी
प्रतिक्रिया दिनुहोस्