ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा ज्वालामुखीपछि शक्तिशाली भूकम्पको धक्का


एबीसी न्यूज
२२ बैशाख २०७५, शनिबार   ३ : ०६   बजे

​

वैशाख २२ – अमेरिकाको हवाई प्रान्तमा शुक्रबार किलवेआ ज्वालामुखी विष्फोटका कारण नजिकैको मरुभूमी क्षेत्रमा दर्जनौं शक्तिशाली भूकम्प गएका छन् ।

ज्वालामुखी क्षेत्रको दक्षिण पूर्वी भागमा गएको एउटा ६.९ रेक्टर स्केलको भूकम्प अमेरिकाको इतिहासमा सन् १९७५ पछिको सबैभन्दा शक्तिशाली भूकम्प भएको बीबीसीले उल्लेख गरेको छ ।

भूकम्पपछि त्यस क्षेत्रमा बिजुली बन्द भएको र नागरिकहरु आ–आफ्ना घरहरुबाट भागेको भएपनि त्यस क्षेत्रमा सुनामीको पूर्व–सूचना भने दिइएको छैन ।
यसैबीच दर्जनौं ज्वालमुखी फुटेर ३० मिटरसम्म अग्ला लावाका फोहरा छुटेका थिए । आलो लावाले थुप्रै घरहरु डढाएको र सडकमा ढिस्का र खाल्डाहरु बनाएका थिए ।

त्यहाँको नागरिक सुरक्षा विभागले बाँकी रहेका स्थानीयहरुलाई त्यो क्षेत्र छोड्न आग्रह गरेका छन् । हावामा अत्यधिक मात्रामा सल्फर डाइअक्साइड ग्यास मिसिएकोले कोही बिरामी परे उद्दारकर्मीले सहयोग गर्न नसक्ने भएकाले उनीहरुलाई चाँडोभन्दा चाँडो क्षेत्र छोड्न आग्रह गरिएको हो ।

माउण्ट किलवेआ क्षेत्रको ज्वालामुखीबाट शक्तिशाली लावा निस्केको अमेरिकाको भूगर्भ सर्वेक्षण विभाग ‘यूएसजिएस’ ले जनाएको छ । त्यस स्थानमा भूकम्पको धक्का र ज्वालामूमीका कारण लाभाका फोहोराहरु छुटिरहेको यूएसजिएसले जनाएको छ । पछिल्लो घटनामा दुई घर नष्ट भएको हवाइ आइसल्याण्डका मेयर ह्यारी किमलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

घरबाट भाग्दै गर्दा एक स्थानीयले भने, ‘मेरो परिवार सुरक्षित छ, बाँकी सामान त फेरि ल्याउन सकिन्छ, उनले भने, मैले १४ वर्षअघि यहाँ घर किन्दा एकादिन यो अवस्था आउँछ भन्ने थाहा थियो, तर यथार्थ अझै खस्कँदो अवस्थामा छ ।

हावामा अत्यधिक सल्फर डाइ अक्साइड ग्यास फैलिएकोले घर खाली गर्नको लागि स्थानीयहरु त्यो क्षेत्रमा फर्कन नसकेका हवाइका काउण्टीका प्रवक्ता ज्यानेट सिण्डरले जानकारी दिनुभयो ।

दुई घर नष्ट भए पनि मानव क्षति भने हुन पाएको छैन । हवाइका गभर्नर डेभिड इगेले त्यस क्षेत्रबाट मानिसहरुलाई हटाउन सैनिकहरु परिचालन गरिएको बताउनुभयो ।

माउण्ट किलवेआ विश्वमै ज्वालामुखी विष्फोट हुने खतरनाक क्षेत्र रहेको थियो । अधिकारीहरुले त्यस क्षेत्रका बासिन्दालाई ज्वालामुखी विष्फोट हुनुभन्दा पहिले नै पूर्व तयारी अवस्थामा रहन पहिलेदेखि नै चेतावनी दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group