ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्डिकेट नगर्ने लिखित प्रतिबद्धतापछि विभिन्न जिल्लाबाट व्यवसायी रिहा


एबीसी न्यूज
२३ बैशाख २०७५, आइतबार   ७ : २९   बजे

विराटनगर\ बुटवल , २३ वैशाख ।  यातायात समितिलाई कम्पनीमा दर्ता गर्ने र सवारी साधन सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाएपछि पक्राउ परेका यातायात व्यवसायी रिहा भएका छन् ।

सिन्डिकेटको माग गर्दै यातायात बन्द गर्ने पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघआबद्ध तीन व्यवसायीलाई  शनिवार बिहान प्रहरीले पक्राउ गरेको थियो । पूर्व नेपाल यातायात व्यवसायी संघका उपाध्यक्ष उत्तम चौलागाई र टीका भट्टराई तथा कोशी बस व्यवसायी संघका नारायण अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 पत्रकार सम्मेलनमा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले व्यवसायलाई कम्पनीका रुपमा दर्ता गर्ने र सवारी सञ्चालनमा अवरोध नगर्ने लिखित प्रतिबद्धता जनाएपछि उनीहरुलाई रिहा गरिएको बताउनुभयो ।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले अप्सरा यातायातले कम्पनीमा दर्ता हुने र सवारी साधन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो ।

विभिन्न यातायात समितिले  बन्द गरेको सार्वजनिक यातायात  सञ्चालनमा आएका छन् । विराटनगरबाट छोटो तथा लामो दूरीको बस तथा रात्रिबस सञ्चालनमा आएका छन् ।
यस्तै बुटवल  रुपन्देहीबाट पक्राउ परेका यातायात व्यवसायी समितिका पदाधिकारीसहित १२ जना आइन्दा हड्ताल नगर्ने कागज गरेर छुटेका छन् । सिन्डिकेट खारेजीको विरोधमा यातायात हड्ताल गरेर आन्दोलनमा उत्रिएपछि उनीहरु शुक्रबार बुटवल र भैरहवाबाट पक्राउ परेका थिए ।
‘आइन्दा राज्यका कानुन उल्लंघन हुने गरी अत्यावश्यकीय सेवा अन्तर्गतको यातायात हड्ताल नगर्ने कागजमा हस्ताक्षर गरे पछि छोडियो’, इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी प्रहरी प्रमुख श्याम ज्ञवालीले भने । बुटवलबाट ४ जना र भैरहवाबाट ८ जना यातायात व्यवसायी समितिका पदाधिकारी र कर्मचारी रिहा भएका हुन् ।
प्रहरीले पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवन बन्जाडे, महासचिव पदम गाहा, सहसचिव चेतनारायण बेल्बासे र बुटवल यातायातका उपाध्यक्ष अशोककुमार श्रेष्ठलाई पक्राउ गरेर हिरासतमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group