ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले इरानसँगको पारमाणविक सम्झौतामा कायम रहने या नरहनेबारे आज साँझ घोषणा गर्ने


एबीसी न्यूज
२५ बैशाख २०७५, मंगलबार   ८ : २१   बजे

वाशिङटन, २५ वैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौतामा कायम रहने या नरहनेबारे आज साँझ घोषणा गर्ने बताएका छन् ।
लामो समयदेखिका प्रतिबन्ध खुकुलो गर्ने शर्तमा आफ्ना पारमाणविक गतिविधि बन्द गर्ने वाचा गरिएको अन्तर्राष्ट्रिय सहमतिको ट्रम्प कटु आलोचक रहँदै आएका छन् । सहमतिका अन्य हस्ताक्षरकर्ता ब्रिटेन, फ्रान्स र जर्मनीले उनलाई सहमतिबाट पछि नहट्न भनिरहेका छन् । फ्रान्सका विदेशमन्त्रीले ट्रम्पबाट जस्तो निर्णय आए पनि आफूहरू सम्झौताको पक्षमा उभिरहने बताएका छन् ।

हाल वाशिङटनको भ्रमणमा रहेका ब्रिटेनका विदेशमन्त्री बोरिस जनसनले अमेरिकी टेलिभिजनहरूलाई अन्तरवार्ता दिँदै सम्झौतालाई खारेज नगर्न आग्रह गरेका छन् ।

ट्रम्पलाई सहमत गराउने प्रयास गरिरहेका युरोपेली देशहरूले यसै हप्ताको अन्त्यमा इरानसँगको पारमाणविक सम्झौताबारे अमेरिकी निर्णय आउने अपेक्षा गरिरहेको भएपनि ट्विटरमार्फत ट्रम्पले पछिल्लो जानकारी दिएका हुन् । सम्झौतामा अडिग रहन आग्रह गर्दै वाशिङटन पुग्ने ब्रिटेनका विदेशमन्त्री पछिल्ला युरोपेली कूटनीतिज्ञ थिए ।

उनले ट्रम्पसँग भेटघाट गरेका छैनन् । तर ट्रम्पको सबैभन्दा प्रिय केबल समाचार च्यानलको कार्यक्रम ’फोक्स एण्ड फ्रेन्ड्रस’मा उपस्थित भएर आफ्नो सन्देश दिएका छन् ।

उनले सम्झौतामा केही त्रुटिहरू भएपनि त्यसले इरानलाई परमाणु अस्त्र बनाउनबाट रोकिरहेको र अहिले त्योभन्दा अर्को राम्रो उपाय नभएको बताए । तर ट्रम्प प्रशासनका अधिकारीहरूले सम्झौता खारेज गर्ने पक्षमा नै राष्ट्रपति उन्मुख रहेको बताए । सबैभन्दा महत्वपूर्ण प्रश्न चाहिँ इस्लामवादी देशविरुद्ध पुन प्रतिबन्ध लगाउने घोषणा गरिरहँदा ट्रम्पले इरानसँग व्यापार गर्ने अन्य देशहरूविरुद्ध दण्डात्मक कदमहरू पनि समावेश गर्छन कि गर्दैनन् भन्ने हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu