ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘जिन्दगी यस्तै रहेछ, जनताले अध्यक्षले केही गरेन मात्रै भन्छन्’– नदी किनारमा भेटिएको डायरी


एबीसी न्यूज
२५ बैशाख २०७५, मंगलबार   ६ : ४५   बजे

रामेछाप, २५ वैशाख । रामेछापका उमाकुण्ड गाउँपालिका वडा नम्बर –५, लिखु नदी किनारमा भटिएको एक डायरीमा ‘जिन्दगी यस्तै रहेछ, जनताले अध्यक्षले केही गरेन मात्रै भन्छन्’ भन्ने लेखिएको छ । उक्त डायरी उमाकुण्ड गाउँपालिका वडा नम्बर –५, प्रितीका वडा अध्यक्ष कुवेर खत्रीको रहेको प्रहरीले जानकारी दिएको छ ।

नदी किनारमा फेला परेको अध्यक्ष केसीको डायरीमा ‘जिन्दगी यस्तै रहेछ, जनताले अध्यक्षले केही गरेन मात्रै भन्छन्, अझै अध्यक्षले गर्नुपर्ने काम धेरै नै बाँकी रहेको छ । बाँकी रहेका अधुरा कामहरु सबै क्रमशः पूरा गरिदिनु’ लेखिएकोे उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए ।

उनि मंगलबार बिहानदेखि हरायका छन् । सधैँ झैँ मंगलबार बिहानै गाउँपालिकामा ‘कार्यपालिकाको बैठकमा ११ बजे नै पुग्नु पर्ने छ’ भन्दै बिहान ७ बजे नै घरबाट हिँडेका केसी दिउँसोसम्म पनि बैठकमा पुगेनन् । त्यसपछि गाउँपालिकाका प्रमुखलगायतका पदाधिकारीहरुले केसीको मोबाइलमा सम्र्पक गर्दा समेत फोन नउठेपछि अध्यक्ष केसीको घरपरिवारमा सोधखोजपछि खोजी कार्य भइरहेको छ । उनी दश महिनाअघि भएको चुनावमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

घरमा सोधखोजपछि परिवारका सदस्यहरुले कार्यपालिकामा बैठक छ भनी बिहानै घरबाट मोटरसाइकल लिएर हिँडेको र त्यसपछि घरमा सम्पर्क नभएको बताएपछि गाउँपालिकाका प्रतिनिधिहरुले उनको खोजी कार्य जारी राखेका छन् । खोजी गर्ने क्रममा उमाकुण्ड गाउँपालिका वडा नम्बर –५, लिखु नदी किनार रोडमा वडाध्यक्ष केसीले चलाएको मोटरसाइकल, लगाएको ज्याकेट, चप्पल, घडी, नोट डायरीलगायतका सामग्री भेटिएकोे प्रहरीले जनाएको छ ।

अध्यक्ष सुनुवारले दिउँसोदेखि नै स्थानीय जनप्रतिनिधिहरु, प्रहरी, स्थानियलगायतको सक्रियतामा वडाध्यक्ष केसीको खोजी कार्य भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनले अस्ताममा बिताए रात, सिस्नु–कोदोको रोटी खाए, ‘इको टी’ मागे

प्रधानमन्त्री बालेन अस्ताम पुग्दा स्थानीयमा उत्साह, खानेपानी र सडक सुधारको माग

सम्बन्धित

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउन डोजर चलाइँदै

शंखमुल होस्टल हत्याकाण्ड : मृतक र आरोपितमध्ये एक युवक अघिल्लो रात सँगै बाहिरिएको खुलेको

भोकै नबसी पनि तौल घटाउन सकिन्छ ? ‘सही खाना छनोट’बारे नयाँ अध्ययनको सन्देश

पेटभित्र क्याप्सुलमा लुकाएको १५० ग्राम सुनजस्तो धातु पाँच दिनपछि बरामद

ट्रम्प प्रशासनले ९० दिनका लागि ‘ग्राउन्ड बिफ’ आयातमा भन्सार छुट दियो

प्रधानन्यायाधीश शर्माद्वारा पोखराका अदालत निरीक्षण, क्षतिग्रस्त भवन पुनर्निर्माणमा चासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu