काठमाडौं, २६ वैशाख । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिंहदरवार नजाने भएका छन् ।
दुई देशका प्रधानमन्त्रीबीच होटलमा द्वारिकाज भेटवार्ता गर्ने छन् ।
भारतिय प्रधानमन्त्री मोदी चुच्चेपाटीस्थित हायात होटलमा बस्नेछन् । राजनीतिक भेटवार्ताहरु भने द्वारिकाज होटलमा हुनेछ । उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओली पनि भारतीय समकक्षीलाई भेट्न द्वारिकाज नै जानेछन् । दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सोही होटलमा तय गरिएको छ ।
मोदीलाई सिंहदरबारको साटो होटलमा भेट्नुको कारण भने सिंहदरबारमा ठाउँ अभाव का साथै भूकम्पले सिंहदरबारको मूल भवन क्षतिग्रस्त भएकोले होटलमै भेटने तय भएको हो ।
भारतीय प्रधानमन्त्री मोदी २८ वैशाखमा नेपालको राजकीय भ्रमणमा आउँदैछन् । पटनाबाट जनकपुर अवतरण गर्ने उनी दिउँसो काठमाडौं आउनेछन् ।
प्रतिक्रिया दिनुहोस्