ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा प्रदर्शनकारीमाथिको सैन्य कारबाहीमा ५९ मारिए


एबीसी न्यूज
२ जेष्ठ २०७५, बुधबार   ७ : ४७   बजे

 

गाजा सिटी, प्यालेस्टाइन, २ जेठ ।  आइतबार गाजाको सीमामा इजरायली सेनाले गरेको कारबाहीका क्रममा मारिनेको संख्या ५९ पुगेको समाचारमा जनाइएको छ ।

उक्त क्षेत्रमा मङ्गलबार पनि पुनःप्रदर्शनको अनुमान गरिएको छ । सो क्षेत्रमा विगतका केही दिनदेखि विरोध प्रदर्शन जारी रहेका छन् ।

इजरायली सेनाले आत्मरक्षाको लागि गरिएको कारबाही भन्दै गाजा र प्यालेस्टानको सीमामा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गरेको कारबाहीको क्रममा ५९ जना प्यालेस्टिनी मारिएका छन् ।

अमेरिकी राजदूतावास जेरुसेलममा राख्ने विषयमा इजरायल र प्यालेस्टाइनबीच केही वर्षयता द्वन्द्व जारी रहेको छ ।

सोमबारको विरोध प्रदर्शन अमेरिकाले आफ्नो दूताबास जेरुसेलममा सारेको विरोधका साथै इजरायलद्वारा सीमाक्षेत्रमा गरेको हस्तक्षेप विरुद्ध भएको बताइएको छ ।

प्रदर्शनमा सहभागी सयौं प्यालेस्टाइनीमध्ये करिब दुई हजार ७०० जना घाइते भएका छन् । हिजोको सो कारबाहीलाई रक्तपातपूर्ण भनिएको छ ।

गत मार्च ३० देखि निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीमाथि इजरायली सेनाले गरेको सैन्य कारबाहीको क्रममा ११३ भन्दा बढीको मृत्यु भएको छ ।

इजराली सेनाको यो कारबाहीको अन्तरराष्ट्रियस्तरमा व्यापक निन्दा भएको छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले घटनालाई एउटा नरसंहारको संज्ञा दिनुभएको छ ।

फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँले उक्त घटनाको भत्र्सना गर्नुभएको छ र टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगानले इजराल आतङ्क र नरसंहारको आरोप लगाउनुभएको छ ।

इजरायली सशस्त्र फौजबाट प्रदर्शनकारीमाथि गरेको यस कारबाहीको अन्तरराष्ट्रिय जगतमा निन्दा भएको छ । दुई राज्यले वार्ताबाट नै समस्याको हल गर्नुपर्ने अन्तरराष्ट्रिय जतगको भनाइ रहेको छ ।

तर बेलायतले भने आफ्नो सिमानाको रक्षा गर्न पाउने इजरायलको अधिकार भएको तर्क अघि सोरेको छ ।

जेरूसलेममा अमेरिकी दूतावास खोलिएको विरोधमा प्यास्लेस्टाइनीले गरेको हिंसात्मक प्रदर्शनका क्रममा आफ्नो देशले सुरक्षा कदम स्वरुप सो कारबाही गर्नुपरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताउनुभएको छ ।

सो क्षेत्रमा मङ्गलबार पनि प्रदर्शनको त्रास कायमै रहेको भन्दै ठूलो संख्याका प्रहरी तैनाथ गरिएको बताइएको छ ।

संयमता अपनाउन इजरायललाई चीनको आग्रह

यसैबीच चीनले संयमता अपनाउन इजरायललाई आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता लुछाङले सो आग्रह गर्नुभएको हो ।

इजरायली सेनाको कारबाहीमा ५९ जना प्यालेस्टाइनीको ज्यान गएपछि चीनले यो आग्रह गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले सो घटनाप्रति चीन गम्भीर रहेको भन्दै इजरायलका सामु संयमता अपनाउनु बाहेकको अर्काे विकल्प नरहेको बताउनुभएको हो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu