मुस्लिम समुदायको एक महिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने घोषणा भएको हो । गृहमन्त्री राजनाथ सिंहले यो निर्णयले शान्तिपूर्ण वातावरणमा रमजान पर्व मनाउन त्यस क्षेत्रका मुस्लिम समुदायलाई सघाउ पुर्याउने विश्वास लिइएको बताएका छन् ।
सरकारको तर्फबाट भएको युद्धविरामप्रति सरोकारवालाहरूबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको सिंहले उल्लेख गरेका छन् । भारत नियन्त्रित कास्मिरका मुख्य मन्त्री मेहबुब मुफतीले केन्द्रीय सरकारको निर्णयको स्वागत गरेका छन् । कास्मिरमा सन् १९८९ देखि भारत र पाकिस्तानबीच बीच संघर्ष भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्