काठमाडौं, ३ जेठ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मदन-आश्रित स्मृति दिवसको दिन पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन् ।
उनले मदन-आश्रित स्मृति दिवसको दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव गरेको जानकारी पनि गराए ।
२५ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा एमाले पुरानो पार्टी कार्यालय बल्खुमा बिहीबार बिहान आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘आज नै मदन भण्डारी अवसान भएकै दिन पार्टी एकता गरौं भनेको मैले हो । आज नयाँ प्रक्रिया शुरु गर्न लागेको बताउँदै प्रचण्डले भने, ‘यो नै कमरेड मदन र आश्रतिप्रतिको सच्चा सम्मान हुनेछ ।’
प्रतिक्रिया दिनुहोस्