काठमाडौं, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
पार्टी एकता प्रक्रियामा रहेका एमाले तथा माओवादी केन्द्रको यो अन्तिम बैठक बसेको हो। बैठकले एकता संयोजन समितिको निर्णयलाई अनुमोदन गर्नेछ।
माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसको छ । दुवै पार्टीको बैठकपछि संयुक्त बैठक बसेर निर्वाचन आयोगमा ुनेपाल कम्युनिस्ट पार्टीु नामको नयाँ पार्टी दर्ता गर्ने तयारी रहेको नेताहरुले बताएका छन्।
आजै साँज राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको औपचारिक घोषणा गर्ने कार्यक्रम छ। पत्रकार सम्मेलनको तयारीमा सभागृहमा विभिन्न काम हरु भईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्