ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वार्तामा बस्ने कि परमाणु युद्धमा भिड्ने – उत्तर कोरिया


एबीसी न्यूज
१० जेष्ठ २०७५, बिहिबार   ४ : ५७   बजे

प्योङयाङ, १० जेठ । उत्तर कोरिया र अमेरिकाबीचको शीर्ष वार्ता अनिश्चित बन्दै गएको समयमा उत्तर कोरियाका एक जिम्मेवार अधिकारीले अमेरिकालाई वार्तामा बस्ने कि परमाणु युद्धमा भिड्ने भनेर प्रश्न गरेको समाचार प्रकाशमा आएको छ ।

उत्तर कोरियाको विदेश मामलासम्बन्धी उपमन्त्री जो सुन हुईले उत्तर कोरियाली सरकारी समाचार एजेन्सीमार्फत उक्त प्रश्न गरेकी हुन् । उनले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले फक्स टेलिभिजनमा दिएको अन्तरवार्तामा व्यक्त विचारको पनि कडा आलोचना गरेकी छन् ।
उनले भनिन्, ‘अमेरिकी उपराष्ट्रको मुखबाट निस्किएको बेवकुफी कुरा सुनेर म आफ्नो हैरानी लुकाउन सक्दिनँ ।’

अमेरिकी उपराष्ट्रपति पेन्सले फक्स न्यूजमा दिएको अन्तरवार्तामा उत्तर कोरियाली नेता किम जोङ उनलाई चेतावनी दिदैं आगामी महिना हुने भनिएको शिखर वार्ता अघि कुनै प्रकारको खेल खेलेमा उत्तर कोरिया र उनकै लागि निकै भारी हुने बताएका थिए ।

उपराष्ट्रपति पेन्सले परमाणु कार्यक्रम स्थगित गरेर शान्ति प्रक्रियामा उत्तर कोरिया नआएको खण्डमा लिबियाली तानाशाह मोअम्मर गद्दाफीकै हालतमा उत्तर कोरियाली नेता किम पुग्ने पनि चेतावनी दिएका थिए ।

उत्तर कोरियाली उपमन्त्री हुईले त्यस्ता धम्कीबाट आफूहरु नडराउने बताइन् । उनले भनिन्, ‘धम्की दिएको भरमा हामीलाई वार्ताका लागि अमेरिकाले राजी बनाउन सक्दैन ।’

आफूहरुले अमेरिकासँग वार्ताका लागि भिख नमागेको प्रष्ट पार्दै उनले भनिन्, ‘यदि हामीसँग अमेरिका वार्तामा बस्न नचाहने हो भने हामी उसलाई मनाउने कष्ट पनि गर्दैनौं, हामीसँग वार्ता गर्ने कि परमाणु युद्धमा भिड्ने भन्ने कुरा सम्पूर्ण रुपमा अमेरिकामाथि नै निर्भर छ ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu