ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर काेरियाले उडायाे अाणविक हतियार उत्पादन सुरुङ


एबीसी न्यूज
१० जेष्ठ २०७५, बिहिबार   ६ : १८   बजे

जेठ १० – उत्तर कोरियाले आणविक हतियार परिक्षण गर्ने बनाएको सुरुङ नष्ट गरेको छ ।

आणविक परीक्षण गर्न बनाइएको सुरुङ उत्तर कोरियाले बिहीबार नष्ट गरेको हो । आणविक क्षेत्रको आणविक हतियार उत्पादन गर्ने सुरुङ नष्ट गर्दा त्यहाँ ठूलो विष्फोट भएको बताइएको छ । उत्तर कोरियाको पंग्गी री भन्ने स्थानमा रहेको आणविक सुरुङ नष्ट गर्दा त्यहाँ ठूलो विष्फोट भएको बीबीसीले उल्लेख गरेको छ ।

विभिन्न देशहरुसँग बढ्दै गएको उत्तर कोरियाको सम्बन्ध सुधार्न कोरिया आफैले आणविक कार्य अत्य गर्न लागेको हो । स्काइ न्यूजका एशिया संम्बाददाता टोम चेसिरेका अनुसार आणविक हतियार उत्पादन गर्ने सुरुङ नष्ट गर्न गएका अधिकारीहरुले त्यहाँ एक, दुई, तीन भनेर गन्ती गरेका थिए ।

त्यसपछि त्यहाँ ठूलो विष्फोट भएको थियो । धुलो र ताप ५०० मिटरभन्दा परसम्म पुगेको थियो । उनी लगायत अन्य २० जना पत्रकारहरु त्यहाँ अवलोकन गर्न गएका थिए । उनीहरु आणविक क्षेत्रभन्दा ५०० मिटर पर बसेर त्यसको अवलोकन गरेका थिए ।

उत्तर कोरियाको आणविक हतियार केन्द्रका उप–निर्देशकले २० जना विदेशी पत्रकारहरुलाई आणविक कार्यको बारेमा जानकारी दिनेछन् । त्यो समूहलाई पाँच वटा आणविक हतियार प्ररीक्षण गरिएको ठाउँ पनि देखाइएको छ ।

आणविक परीक्षणका सुरुङ विस्तारै निष्कृय पारिएको जनाइएको छ । दुईवटा ठूला विष्फोटहरु बिहान भएको र चारवटा विष्फोटहरु दिउँसो भएको जनाइएको छ ।

सन् २००६ देखि उत्तर कोरियाले ६ वटा आणविक परीक्षण गरिसकेको छ । सुरुङको माध्यमबाट मन्टाप हिमालभन्दा तल उत्तर कोरियाले आणविक हतियारको उत्पादन गरिरहेको थियो । त्यो क्षेत्रको आणविक क्षेत्र उत्तर कोरियाको सबैभन्दा ठूलो आणविक क्षेत्र रहेको र विश्वमा नै  अहिलेसम्म  सञ्चालनमा रहेको आणविक क्षेत्र पनि त्यही रहेको छ ।

आणविक परीक्षणका उपकरणहरु त्यस ठाउँमा तलसम्म गाडिएको बताइएको छ । उत्तर कोरियाले आफ्ना सबै आणविक कार्यहरु अहिले नै अन्त्य नगर्ने बताइसकेको छ ।

कोरियाले सिंगापुरमा आउँदो जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच हुने बार्तापछि मात्र आणविक परीक्षणबारे ठोस कदम चाल्ने जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group