ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यौन सम्पर्क पछि प्रेमिलाई जिउँदै जलाउथिन् यी रानी..


admin
१४ जेष्ठ २०७५, सोमबार   ७ : ३७   बजे

काठमाडौं, १४ जेठ । इतिहासका पुस्तक पढ्ने हो भने अफ्रिकी मुलुक अंगोलाकी रानी एनजिंगा एमबांदी बहादुर तथा तेज मस्तिष्क भएकी योद्धाका रुपमा चिनिएकी छिन् । जसले १७ औँ शताब्दीमा अफ्रिकामा युरोपेली उपनिवेशविरुद्ध युद्ध लडेकी थिइन् ।

तर कतिपयले उनलाई एक क्रुर महिलाका रुपमा पनि हेर्न गर्दछन् । उनले सत्ताका लागि आफ्नै भाइलाई मृत्युको घाटसम्म पुर्‍याइन् । त्यति मात्रै होइन, उनले पुरुषहरुसँग यौन सम्बन्ध राखेपछि उनीहरुलाई जिउँदै जलाइदिन्थिन् ।

यति हुँदाहुँदै पनि इतिहासकारहरु एउटा कुरामा एक मत छन् कि रानी एनजिंगा अफ्रिकामा रुचाइएका महिलाहरुमध्येकी एक हुन् ।

रानी वा एनगोला

एमबांदू समुदायकी नेता एनजिंगा दक्षिण पश्चिम अफ्रिकी देश एनदोंगो तथा मतांबाकी रानी थिइन् । तर स्थानीय किमबांदु भाषामा एनजिंगालाई एनगोला भन्ने गरिन्थ्यो । यो पुर्तगाली शब्द थियो । पछि यो क्षेत्रलाई नै अंगोला भन्न थालियो ।

यो इलाकाको नाम अंगोला पोर्चुगलका सैनिकले सुन र चाँदीको खोजीमा एनदोंगोमा आक्रमण गरेपछि मात्रै रहन गएको हो । जब उनीहरुले सुन र चाँदी पाएनन् । उनीहरुले ब्राजिललाई उपनिवेश बनाउँदै मजदुरहरुसँग व्यापार गर्न थाले । एनजिंगाको जन्म पोर्चुगलको आक्रमणको आठ वर्षपछि भएको थियो । उनले आफ्ना बुवा राजा एमबांदी किलुंजीसँगै बाल्यकालदेखि नै आक्रमणकारीहरुसँग सर्षघ गर्न थालेकी थिइन् ।

सन् १६१७ मा जब राजा एमबांदीको मृत्यु भयो उनका छोरा एनगोला एमबांदीले सत्ताको बागडोर सम्हाले । तर उनीसँग बुवामा भएको चातुर्यता तथा बहिनीको जस्तो बुद्धी थिएन ।

एनगोला एमबांदीलाई यो डर थियो कि उनकी बहिनीका मान्छेले नै उनीविरुद्ध षड्यन्त्र गरिरहेका छन् । त्यसैले एनगोलाले एनजिंगाका छोरालाई मृत्युदण्ड दिने घोषणा गरे । तर नयाँ राजा नै युरोपेली आक्रमणको सामना गर्न असफल हुँदै गएको अवस्थाा एनगोला एमबांदीले आफ्ना करिबीहरुको सल्लाह माने ।

पोर्चुगलविरुद्ध सम्झौताको राजनीति

राजा एनगोलाले आफ्नी बहिनीसँग सत्ता साझेदारी गरेर भए पनि पोर्चुगलविरुद्ध लड्न चाहेका थिए । बहिनी एनजिंगा पुर्तगाली भाषाको ज्ञाता तथा एक प्रतिभाशाली रणनीतिकार पनि थिइन् । एनजिंगा युरोपेलीहरुसँग कुराकानी गर्न लुआंडा पुगिन् । उनले त्यहाँ श्वेत, अश्वेतलगायत थुप्रै समुदायका मान्छे भेटिन् । त्यहाँ ठूला–ठूला जहाजमा अफ्रिकी नागरिकलाई दास बनाउनका लागि लगेको दृष्यले उनलाई झस्कायो ।

जब पोर्चुगलका गभर्नर जोआओ कोरिए डे सोउसासँग शान्ति वार्ताको प्रंसगमा भने इतिहासकारले थुप्रै टिप्पणी गरेका छन् । एनजिंगालाई गरिएको व्यवहारको टिप्पणी भैरहेको हुन्छ । त्यहाँ पुर्तगालीहरु आरामदायी कुर्सीमा बसेका थिए तर एनजिंगालाई भुइँमा बस्ने व्यवस्था गरिएको थियो । यो देखेर उनले केही भनिनन् । एनजिंगाले केही नभनी आफ्ना एक जना नोकरलाई इशारा गरिन् । उनको इशारा देख्नेबित्तिकै नोकर आफ्नो शरीरलाई कुर्सी झैँ बनाएर अगाडि बसे ।

एनजिंगा नोकरको ढाडमा बसिन् । त्यसपछि उनी गभर्नरको बराबरको उचाईमा पुगिन् । एनजिंगाले गभर्नरलाई यो पनि भनिन् कि उनी बराबरीको रुपमा वार्ता गर्न आएकी थिइन् ।

लामो वार्तापछि पोर्चुगलको सेना एनदोंगो छाड्न सहमत भयो । साथै अंगोलालाई एक सार्वभौम मुलुकका रुपमा स्वीकार्न पनि सहमत भयो । तर एनजिंगा यस क्षेत्रलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न भने दिने सहमत भइन् । पोर्चुगलसँग सम्बन्ध सुधारका लागि एनजिंगाले इसाई धर्म पनि स्वीकार गरिन् । त्यसपछि उनको नाम एना डेसूजा भयो । त्यसबेला उनको उमेर ४० वर्ष थियो । तर यो सहमति धेरै समय टिकेन । फेरि संघर्ष सुरु भयो ।

जब एनजिंगा रानी बनिन्

सन् १६२४ मा उनका भाइ एउटा सानो टापुमा गएर बस्न थाले । उनको त्यहीँ मृत्यु पनि भयो ।

एनजिंगाको भाइको मृत्युबारे तरहतरहका तथ्यहरु सार्वजनिक भएका छन् । केहीले एनजिंगाले आफ्नो छोराको हत्याको बदला लिन भाइलाई विष दिएर हत्या गरेको समेत भनेका छन् । कसैले भने एनजिंगाका भाइले टापुमा गएपछि आत्महत्या गरेको बताएका छन् ।

तर यसैबीच एनजिंगाले पोर्चुगलको सेना र केही आफ्ना मान्छेकै चुनौतीको सामना गर्दै एनदोंगोकी पहिलो रानी बनिन् । अंगोलाको नेसनल लाइब्रेरीका निर्देशक जाओ पेड्रो लोरेन्कोका अनुसार युगौँदेखि जारी महिला शोषणविरुद्ध एनजिंगाका एक मुखर आवाजका रुपमा परिचित भएकी छिन् ।

पोर्चुगलकी लेखिका जोस एडुआर्डो अगुआलासा भन्छिन्, ‘रानी एनजिंगा युद्ध भूमिमा एक महान योद्धा मात्रै थिइनन्, उनी एक महान रणनीतिकार तथा कुटनीतिज्ञ पनि थिइन् ।’

उनी पोर्चुगलविरुद्ध लडिन् । हल्याण्डसँग मित्रता कायम गरिन् । त्यस्तै अरु कुनै मुलुकसँग लड्नु परेमा फेरि पोर्चुगलसँगै सहयोग लिन पनि उनी पछि हट्दिनथिन् ।

यौन दासीको प्रसंग

फ्रान्सेली दार्शनिक मार्किस दे सादेले इतालवी मिसनरी गिओवनी कावेजीका कथामा आधारिक पुस्तक ‘द फिलोसोफी अफ् द ड्रेसिङ टेबल’ लेखेका छन् । यसमा कावेजीले दावी गरेका छन् कि एनजिंगा आफ्ना प्रेमीलाई यौन दासीका रुपमा काम लगाउँथिन् । साथै शारीरिक सम्पर्कपछि उनले आफ्ना प्रेमीलाई जलाएर मारिदिन्थिन् ।

रानी एनजिंगाको ‘अड्डा’ लाई चिबदोस भनिन्थ्यो । त्यहाँ बस्ने पुरुषहरुलाई महिलाले लगाउने लुगा लगाउन दिइन्थ्यो । साथै रानी त्यहाँ रहेका कुनै पुरुषसँग सम्पर्क गरेका बेला अन्य पुरुषलाई एकआपसमा लडाउने पनि गर्थिन् । कावेजीले गरेका दावीहरु दोस्रो पक्षबाट लिइएका जानकारीहरुमा आधारित छ । इतिहासकारहरु भने रानी एनजिंगाका बारेका थुप्रै भर्जनका किस्सा रहेको मान्दछन् ।

 

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group