ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउदी अरबमा पनि महिलाले चालक बन्न खुल्ला गरिँदै


एबीसी न्यूज
१५ जेष्ठ २०७५, मंगलबार   ६ : ४९   बजे

रियाद, १५ जेठ । साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले महिलालाई पनि सवारी चालक बन्न खुल्ला गर्ने तयारी गरेको छ ।
दशकौँको प्रतिबन्धपछि आउँदो जुन २४ देखि महिलाले सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागिएको मन्त्रालयले पुष्टि गरेको छ ।
सहायक आन्तरिक मामिला मन्त्री सइद अल कतानीले कार चलाउन सक्नेहरूले कार चलाउन पाउने बताउनुभयो ।

ट्राफिक नियमको उल्लङ्घन वा अन्य गल्ती गरेमा महिला चालकहरुले पनि पुरुष चालकजस्तै सजायँ तथा जरिवानाको भागिदार हुने मन्त्री सइदले जानकारी दिनुभएको अल अरबीया टेलीभिजनले सोमबार प्रशारण गरेको समाचारमा जनाइएको छ ।
“जुन महिलाले सवारी साधन चलाउछन्, उनीहरु हाम्रा छोरी वा दिदी बहिनी आदी हुन्, उनीहरु विरुद्ध हुने हिंसा रोक्नु हाम्रो कर्तव्य हो,” उहाँले भन्नुभयो ।

सुरक्षा चेकजाँच र ट्राफिक व्यवस्थापन पनि महिला चालकलाई ध्यान दिनेगरी मिलाइएको उहाँले जानकारी दिनुभयो ।
साउदी राजा सलमान विन अब्दुलाजिज अल साउदले गत सन् २०१७ को नोभेम्बरमा नै महिलालाई सवारी साधन चलाउन बन्देज लगाउने व्यवस्था हटाउन निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu