ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्ला प्रहरी प्रमुख र आक्रमणकारी मारिए


एबीसी न्यूज
१७ जेष्ठ २०७५, बिहिबार   ६ : ४५   बजे

काबुल, १७ जेठ। अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा अवस्थित एक प्रहरी चौकीमा बुधबार भएको कारबम आक्रमण र दोहोरो गोली हानाहानमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

सो हमलामा परी जिल्ला प्रहरी प्रमुख र अन्य चार आतङ्ककारी मारिएका गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । स्थानीय समयानुसार बुधबार बिहान ४ः५० बजे यो बम आक्रमण र दोहोरो गोली हानाहान भएको थियो ।

लोगार प्रान्तको प्रान्तीय राजधानी पुल इ अलाम शहरमा रहेको एक प्रहरी चौकीको प्रवेश द्वारमा एक आतङ्ककारीले कारबम विस्फोट गराएको र अन्य तीन आतङ्ककारी प्रहरी चौकीमा प्रवेश गरेका थिए ।

करिब १० मिनेटसम्म आतङ्ककारी सुरक्षा अधिकारीबीच जारी रहेको दोहोरो गोली हानाहानमा परी एक जिल्ला प्रहरी प्रमुख र अन्य चार आतङ्ककारी मारिएका प्रवक्ता नाजिब दानिसले टेलिभिजन च्यानल टोलोलाई जानकारी दिनुभएको छ ।

यस हमलामा परी चार सर्वसाधारण र चार प्रहरी अधिकारी घाइते भएका छन् । सन् २०१७ मा तालिबान आतङ्ककारी समूहले जारी राखेका द्वन्द्व र हिंसाको क्रममा तीन हजार ४३० सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य सात हजार घाइते भएको संयुक्त राष्ट्रसंघीय मिसनले हालै जारी प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu