ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुवामा श्रीमती हारेपछि जित्नेलाई जिम्मा लगाए, अनि भयो त्यसपछि सामुहिक बलात्कार


admin
१८ जेष्ठ २०७५, शुक्रबार   ४ : ३६   बजे

काठमाडौं, १८ जेठ । भारतको ओडिशाको बालेश्वर जिल्लामा एउटा आश्चर्यजनक घटना भएको छ। एक पुरुषले जुवामा आफ्नी श्रीमतीसमेत हारेका छन् ।

आरोपअनुसार उनले जुवामा श्रीमती हारेपछि जित्नेलाई जिम्मा लगाएका थिए । जुवामा अर्काकी श्रीमती जितेपछि जित्नेले श्रीमानकै सामु बलात्कारसमेत गरेको बताइएको छ।

ओडिशा प्रहरीले बीबीसीलाई दिएको जानकारीअनुसार पीडितले प्रहरीमा बलात्कारसम्बन्धी उजुरी गरेकी छन् । उजुरीपछि प्रहरीले जुवामा श्रीमती हार्ने श्रीमान र जुवामा जितेकी अर्काकी श्रीमती बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । घटनामा संलग्न दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीले भनेको छ–पीडितलाई मेडिकल जाँचका लागि बालेश्वर पठाइएको छ। साथै दुई फरार अभियुक्तलाई पक्राउ गर्न अभियान चलाइएको छ।

अभियुक्तविरुद्ध प्रहरीले बलात्कारका साथै अन्य कयौ आरोपसहित मुद्दा दर्ता गरेको छ। बीबीसीसँग कुरा गर्दै पीडितले भनिन्–गत २३ तारिखका दिन मेरा श्रीमान करिब ११ बजे घर आए र मसँग हिँड भने । मैले उनलाई सोधेँ कहाँ जाने हो । तर उनले कुनै जवाफ दिएनन् ।

‘मलाई जबरजस्ती गाउँबाहिर लगियो, जहाँ उनका साथीहरु पहिलादेखि नै उपस्थित थिए । मैले उनीहरुलाई ‘भैया’ भनेर बोलाएँ । उनीहरुले मलाई हात समातेर तान्न थाले । मैले विरोध गरेँ । तर मेरा श्रीमानले स्वयम मेरो सारी खोलेर मलाई उनीहरुको जिम्मा लगाए ।

पीडित महिलाले अगाडि भनिन्–जुवा जित्ने व्यक्तिले मलाई केही पर लगे र मलाई बलात्कार गरे । पछि मलाई थाहा भयो कि मेरा श्रीमानले मलाई जुवामा लगाएर हारेका रहेछन्।

भोलिपल्ट बिहान पीडितकी छोरीले आफ्नो हजुरबालाई फोनमा सबै घटना बताइन्। हजुरबा छोरालाई लिएर छोरीको घर पुगे ।

पीडितका पिताले भने–हामीले जब सम्धीजी र ज्वाईसँग घटनाको बारेमा सोध्यो तब उनीहरु दुवैले भने कि यसबारेमा कुनै जानकारी छैन । त्यसपछि मैले गाउँको मुखियासँग कुरा गरेँ ।

उनले अगाडि भने–उनले गाउँका अन्य पाकाहरुसँग कुरा गरे र त्यसपछि हामीसँग दुई दिनको समय मागे । बाध्य भएर हामीले छोरी र उनका दुवै बच्चा लिएर आफ्नो गाउँ फर्कियौ ।

‘मे २७ तारिखका दिन हामीले स्थानीय प्रहरीमा उजुरी दियौ, तब प्रहरीले उजुरी दर्ता गर्नुको साटो हामीलाई ज्वाईसँग मिलापत्र गर्न सल्लाह दियो । बुधबारका दिन हामीले एसपीलाई भेट्यौ तब उजुरी दर्ता भयो ।

यद्यपि प्रहरीले पीडितको पिताले लगाएको आरोप अस्वीकार गरेको छ। प्रहरी प्रमुखले भने–म स्वयम विदामा थिए । ड्युटीमा आएपछि थाहा भयो कि दुवै पक्षले एउटा सम्झौता याचिका दायर गरेका छन् । तर पछि म जब एसपीले आदेश दिए हामीले तत्काल एफआईआर दर्ता गरेर छानविन थाल्यौ ।

पीडितका पिताको आरोप छ कि उजुरी भएपछि पनि प्रहरीले उनलाई सताइरहेको छ । उनी भन्छन्–आज पनि थानामा तीन चार घण्टा बसालियो र मेरी छोरीसँग अनावश्यक प्रश्न गरियो । मनौ कि दोषी उसकै पिता स्वयम हो । पीडितका पीताले रुँदै न्यायको आशा व्यक्त गरे ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu