वासिङटन– अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै ५ सय नागरिक मारिएका छन्।
शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्य’ रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।
विश्वसनीय मानिएको सो प्रतिवेदनमा झण्डै ४ सय ९९ जनाको मृत्यु भएको र १ सय ६९ जना घाइते भएका उल्लेख गरिएको छ। अमेरिकी सेनाले इराक, सिरिया, अफगानिस्तान र यमनमा गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका जनाइएको छ।
‘मारिनु दुखद घटना त हो तर त्यो सुरक्षाको दृष्टिकोणले आवश्यक र जिम्मेवारीपूर्ण नै थियो,’ प्रतिवेदनमा लेखिएको छ। सोमालिया र लिबियामा अमेरिकी सेनाद्धारा मारिएकाहरुको कुनै पहिचान हुन नसकेको जनाइएको छ। रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्