ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुष्मा स्वराज चढेको जहाज सम्पर्कविहिन बनेपछि….


एबीसी न्यूज
२१ जेष्ठ २०७५, सोमबार   १० : ०६   बजे

नयाँदिल्ली, २१ जेठ – भारतीय विदेशमन्त्री सुष्मा स्वराज ब्रिक्ससम्मेलनमा भाग लिन दक्षिण अफ्रिका पुगेकी छिन् । उनले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँग भेट गरेकी छिन् ।

शनिबार सुष्मा स्वराज चढेको विमान १४ मिनेटसम्म सम्पर्कविहिन भएपछि स्थिती तनावग्रस्त भएको थियो । सुष्माको दक्षिण अफ्रिकाको यात्राको क्रममा मोरिससको एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले एक अलर्ट जारी गरेपछि १४ मिनेटसम्म स्थिती असामान्य रहेको बीबीसीले जनाएको छ ।

सुष्मा स्वराज भारतीय वायुसेनाको जुन विमानमा सवार थिइन, करिब १४ मिनेटसम्म उक्त विमानको सम्पर्क मोरिससको एटीसीसँग नभएपछि अलर्ट जारी गरिएको थियो । एयरपोर्ट अथोरिटी अफ इन्डियाका जनरल म्यानेजर जेबी सिंहका अनुसार मोरिससले एकतर्फी अलर्ट जारी गरेको थियो ।

यदि कुनै विमान आधा घण्टासम्म सम्पर्कमा नरहे यस्तो अलर्ट जारी गरिन्छ । उनले भने ‘भीआईपी सवार भएकाले समय भन्दा अगावै एलर्ट जारी गरिएको थियो’, सिंहले भने, ‘त्यो वायुसेनाको विमान थियो र हाम्रो एयरस्पेसमा थिएन । माले (मालदिभ्सको राजधानी) ले मोरिससलाई उक्त विमानसँग सम्पर्क गर्नका लागि सन्देश दिएको थियो । मोरिससको एटीसीले १४ मिनेटसम्म विमानबाट रेडियो सम्पर्क स्थापित गर्न सकेको थिएन ।’

आइतबार जारी गरिएको एक प्रेस विज्ञप्तिमा भनिएको थियो, ‘सायद मोरिससले विमानमा भिआइपी (अति विशिष्ठ व्यक्ति)सवार भएकाले उक्त अलर्ट जारी गरेको थियो ।’ एम्बार १३५ विमान इन्धन लिनका लागि त्रिरुवनन्तपुरम र मोरिससमा रोक्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu