काठमाडौ, २१ जेठ । इटलीको एक दम्पतीलाई बच्चाको नामले तनाव दिएको छ । उनीहरुले आफ्नी छोरीको नाम ब्लु राखेका थिए । तर ईटलीको एक अदालतले बच्चीको नाम तुरुन्तै परिवर्तन गर्न भन्दै आदेश दिएको छ । यदि नबदले अदालत आफैंले नाम राखिदिने बताएको छ ।
उक्त जोडीलाई समन जारी गर्दै अदालतले लेखेको छ, ‘ब्लु एक आधुनिक अंग्रेजी नाम हो । यो कुनै पनि बालिका वा महिलाका लागि उपयुक्त नाम हैन ।’
ईटलीमा सन् २००० मा पारित गरिएको एक कानुन अनुसार त्यँहा बच्चाको नाम उसको लिंगअनुसार हुनुपर्छ । यो मुद्दामा बच्चाको लिंगअनुसारको नाम नभएको निष्कर्ष निकाल्दै अदालतले सो आदेश जारी गरेको हो ।
बालिकाको नाम ‘ब्लु’ बर्थ सर्टिफिकेट र पासपोर्टबाट पनि बदल्नुपर्ने आदेश अदालतले दिएको छ ।
तर उक्त जोडीले भने अदालतको समनविरुद्ध पुनरावेदन दिने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्