काठमाडौं, २३ जेठ । नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटले संसद भवनमा आफुले बोकेको कफी पोखाएपछि झाडु लगाएका छन् ।
सांसद भवन जाने क्रममा उनले बोकेको कफी हातबाट खसेको थियो । सफा गर्न कर्मचारीको जिम्मामा छोड्नुको सट्टा उनले आफै झाडु समातेर भुँई सफा गरेका हुन् । प्रधानमन्त्री आफै अग्रसर भएपछि सांसद भवनका सरसफाई गर्ने कर्मचारीहरुले भने उनको ताली बजाएर स्वागत गरेका छन् ।
बीबीसी
प्रतिक्रिया दिनुहोस्