पोखरा, २७ जेठ । खराम मौसमका कारण पोखराको फेवातालमा प्याराग्लाईडिङ खसेको छ ।
आईतबार दिउसो साढे २ बजे तिब्र हावाहुरीका कारण खस्न पुगेका पिस हिमालयन प्याराग्लाईडिङका पाईलट सुरेश नेपाली र चिनियाँ यात्रु प्युस फेन फेनको सशत्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरेको सशत्र प्रहरी नायब निरिक्षक धर्मेन्द्र चौधरीले बताए ।
रेस्क्यू टावरबाट सो प्याराग्लाईडिङ तालको बिचमा खसेको देखे लगत्तै मोटरबोटको साथमा उद्धार टोली समयमै घटनास्थलमा पुगेकोले सकुशल उद्धार गर्न सफल भएको चौधरीले बताए ।
प्रतिक्रिया दिनुहोस्