ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तानमा सुरक्षाकर्मी र तालिवान लडाकुले सँगै मनाए ईद


एबीसी न्यूज
३ असार २०७५, आइतबार   ८ : ३४   बजे

३ असार, ३ काठमाडौं । अफगानिस्तानका सुरक्षाकर्मी र तालिवान लडाकुहरुले मिलेर ईद मनाएका छन् । उनीहरुले एकअर्कालाई अंगालो हाले, शुभकामना दिए र सँगै तस्वीर पनि खिचाए । एकअर्काविरुद्ध युद्ध छेडेकाहरुले आत्मियता साटासाट गरेको पूर्वी अफगानिस्तानको यो दृष्य निकै दुर्लभ मानिएको छ ।

अफगानिस्तानको सबैभन्दा ठूलो आतंकवादी संगठन तालिवानका लडाकुहरुले रकेट लन्चरसहितका हतियार बोकेका थिए । अफगानिस्तान र तालिवानको झण्डा लिएका उनीहरु कार र मोटरसाइकल चढेर प्रहरी चौकी हुँदै गए । केही दिनअघिसम्म यस्तो होला भनेर कल्पना पनि गर्न सकिँदैनथ्यो । ईदलाई मध्यनजर गर्दै अफगानिस्तान सरकार र तालिवान लडाकुहरुले युद्धविरामको घोषणा गरेका छन् । राष्ट्रपति असरफ गनीले युद्धविराम थप लम्बाइएको बताएका छन् । उनले तालिवानलाई पनि युद्धविरामलाई लम्बाउन आग्रह गरेका छन् ।

ईदको अवसरमा सरकारले केही तालिवान लडाकुहरुलाई पनि जेलमुक्त गरेको छ ।

तालिवानलाई पनि सरकारी राहत


राष्ट्रपति गनीले ईदको अवसरमा भएको संघर्षबिरामपछि स्थायी शान्तिका लागि कदम बढाउन चाहेको बताएका छन् । टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले तालिवानका सदस्यहरुलाई अब सर्वसाधारण नागरिकहरुलाई जस्तै सरकारी सेवासुविधा उपलब्ध गराइने बताए ।

ईद मनाउन तालिवान र सरकारी अधिकारीहरु भेला भएको बेला नंगरहार क्षेत्रमा भने आत्मघाती हमला हुँदा २५ जनाको ज्यान गयो । त्यो कुराको उच्चारण राष्ट्रपतिले आफ्नो सम्बोधनको क्रममा गरेनन् । बरु उनले गत आइतबार अमेरिकी वायुसेनाको ड्रोन आक्रमणबाट पाकिस्तानी तालिवानका प्रमुख मौलाना फजलुल्लाहको मृत्यु भएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साउनदेखि लागु हुने तलबमान सार्वजनिक, कसको कति ?

ग्वार्कोको फ्लाइओभरमा बस ठोक्कियो : महिलाको मृत्यु, १८ जना घाइते

सम्बन्धित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu