ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तापक्षको कुर्सी खाली भए पनि कांग्रेसका सांसदहरू बसेका कुर्सी खाली नहुने – डा.मीनेन्द्र रिजाल


एबीसी न्यूज
३ असार २०७५, आइतबार   ११ : ५०   बजे

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग महिनाको पहिलो हप्ता प्रश्न र उत्तर गर्ने परम्परा विपरित संसदको बैठक सञ्चालन गरेको भन्दै सभामुख र सरकारको आलोचना गरेको छ ।

आइतबार संसदको बैठक शुरु हुनै लाग्दा नेपाली कांग्रेसका सांसद् एवम् नेता डा.मीनेन्द्र रिजालले सभामुखले स्वविवेकीय आधारमा संसद बैठक चलाएको भन्दै आपत्ति जनाए ।

‘संसद नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो बैठकमा प्रधानमन्त्रीसँग संसदमा सांसदहरूले प्रत्यक्ष रुपमा प्रश्न र उत्तर गर्ने व्यवस्था छ’, उनले भने, ‘सभामुखले संसदको बैठक स्वविवेकीय आधारमा चलाउन पाइँदैन ।’

नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्न र उत्तरको विषयलाई उठाएपछि सभामुख कृष्णबहादुर महराले सो विषयमा सरकार तथा प्रधानमन्त्रीसँग समन्वय गरेर उपयुक्त व्यवस्था गर्ने बताएका थिए । महराले संसदको कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर निर्णय गरिने बताए ।

सांसद डा.रिजालले सरकारले कांग्रेसका सांसदहरू संसदबाट कहिले बाहिर जानेछन् भनेर कुरेर बसेको छ भने त्यो कदापि पूरा नहुने बताए । ‘कांग्रेस जनताको कुरा र अधिकारका लागि संसदमा आएको हो’, उनले भने, ‘संसदबाट कहिल बाहिर जाला भनेर सरकारले सोँचेको छ भने त्यो इच्छा पूरा हुनेछैन । कांग्रेसले आफ्नो जिम्मेवारी पूरा गर्छ ।’

सत्तापक्षको कुर्सी खाली भए पनि कांग्रेसका सांसदहरू बसेका कुर्सी खाली नहुने उनको भनाइ थियो । ‘सत्तापक्षका सांसदहरू कुर्सीमा खुट्टा पसारेर बस्दा हुन्छ’, उनले भने, ‘तर विपक्षी दलको कुर्सीहरू खाली हुने छैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक आज नबस्ने, बुधबार दिउँसो १ बजे बस्ने

गण्डकी प्रदेश सरकार छाड्ने एमालेको निर्णय

सम्बन्धित

सचेत वा नसियत पाएका व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

मधेसमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द, ५ हजार ६८ नयाँ दर्ता

स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्दै, भदौ २१ देखि एकीकृत कारोबार

चाडपर्व नजिकिएसँगै आयातका लागि एलसी खुल्न थाल्यो, बैंकिङ प्रणालीको तरलता चलायमान हुने अपेक्षा

साउन १ गते नै मौद्रिक नीति जारी गर्न अर्थसमितिको प्रस्ताव

आर्थिक मन्दीको असर : मधेशमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu