काठमाडौं, ५ असार–देशको सुरक्षा र अन्तरिक्षमा अमेरिकाको उपस्थिति थप प्रभावकारी र मजबुत बनाउन अन्तरिक्ष सेना जरुरी रहेकोमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोड दिएका छन् ।
राष्ट्रिय स्पेस काउन्सिलसँगको बैठक अघि बोल्दै उनले अमेरिकी सेनाको छैटौं शाखाअन्तर्गत अन्तरिक्ष सेना बनाउने घोषणा समेत गरेका छन् ।
अन्तरिक्षका सम्बन्धमा रुस र चीन जस्ता देशलाई अमेरिकाभन्दा अगाडि बढिरहन दिन नसक्ने उनले बताए । अन्तरिक्ष सेना अलग्गै हुने र यसले देशको सुरक्षामात्र नबढाइ रोजगारी र अर्थव्यवस्थामा पनि सुधार आउने अमेरिकी राष्ट्रपतिको विश्वास छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकाले फेरि चन्द्रमा पुग्ने र मानिसलाई मंगल ग्रहमा पठाउने तयारी गर्ने योजना सुनाए ।
प्रतिक्रिया दिनुहोस्