एजेन्सी,११ असार । टर्कीका राष्ट्रपति रेजेप तैय्यप एर्दोआनले राष्ट्रपति चुनावको पहिलो राउन्डमा नै जीत हाँसिल गरेका छन् । देशमा चुनाव गराउने संस्थाका प्रमुखले यसबारे जानकारी दिएका हुन् ।
चुनावी नतिजापछि बोल्दै एर्दोआनले टर्कीले विश्वलाई नै लोकतन्त्रको पाठ सिकाएको बताएका छन् ।आधाभन्दा कम मत ल्याएको अवस्थामा पुनः अर्को चरणमा चुनाव हुने परिपाटी टर्कीमा छ । तर एर्दोगान पहिलो चरणमै आधाभन्दा बढी मत ल्याएर विजयी भएका छन् ।
राष्ट्रनिर्माता पछिकै शक्तिशाले बने एर्दोआन
टर्कीको नयाँ संविधानले राष्ट्रपतिलाई धेरै अधिकारसहित शक्तिशाली बनाएको छ । राष्ट्रनिर्माता आटाटर्कपछि सबैभन्दा शक्तिशाली नेता एर्दोगान बनेका छन् ।
यद्यपि, यसको औपचारिक घोषणा भने भएको छैन । शुक्रबार यसको परिणाम सार्वजनिक गर्ने तयारी त्यहाँको निर्वाचन आयोगले गरेको बीबीसीले जनाएको छ ।
टर्कीका प्रमुख निर्वाचन अधिकारी सादी गुभेनले बीबीसीसँग एर्दोगानले सुविधाजनक मतका साथ विजयी हासिल गरेको बताएका छन् । तर उनले विस्तृत मत परिणाम भने दिएका छैनन् ।
चुनाव निष्पक्ष नभएको विपक्षीको दावी
टर्कीको सञ्चारमाध्यमहरुले जनाएअनुसार नवनिर्वाचित राष्ट्रपति एर्दोगानले सदर ९९ प्रतिशत मतबाट ५३ प्रतिशत गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वीले मुहर्रेम इन्सले भने ३३ प्रतिशत मत बटुले ।
एर्दोआनका प्रमुख प्रतिस्पर्धी इञ्जाले चुनाव निष्पक्ष नभएको दावी गरेका छन् । तर, उनले सामाजिक सञ्जालमार्फत पराजय भने स्वीकार गरेका छन् ।
उनले प्रजातान्त्रिक लडाइँ जारी राख्ने बताएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्