ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी रक्षामन्त्री जेम्स एसिया भ्रमणमा


एबीसी न्यूज
१४ असार २०७५, बिहिबार   १२ : ५९   बजे

 एजेन्सी १४ असार । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस चीन, दक्षिण कोरिया र जापानको भ्रमणको क्रममा बिहीबार सोल पुग्नुभएको छ ।

उहाँ बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आजै राति अबेरतिर उहाँ जापानको राजधानी टोकियोका लागि उड्नुहुने समाचरमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार उहाँले दक्षिण कोरियामा रहँदा आफ्ना समकक्षीका साथै दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग पनि भेटवार्ता गर्नुहुने छ ।

संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको भेटवार्तापछि उहाँ पहिलो पटक यी दुई देशको भ्रमणका लागि नस्किनुभएको हो ।

दक्षिण कोरिया र जापान अमेरिकाका एसियाली साझेदार हुन् । यी दुई देशले अमेरिकासँग निकै नजिकको सम्बन्ध राखेर काम गर्ने गरेका छन् ।

उता दक्षिण कोरिया र जापान उत्तर कोरियाका पनि छिमेकी हुन् । यी देश उत्तर कोरियाले आणविक परीक्षण गर्दा बढी र प्रत्यक्ष प्रभावित हुने देशमा पर्दछन् ।

उहाँ यसअघि चीनको भ्रमणमा जानुभएको थियो । चीनको दुई दिने भ्रमण सकेर बिहीबारै रक्षामन्त्री म्याटिस दक्षिण कोरियाको राजधानी सोल अवतरण गर्नुभएको हो ।

उहाँ चीनमा रहँदा उत्तर कोरियाली नेता किमको निकै प्रसंशा गर्नुभएको थियो । उहाँले उत्तर कोरियाली नेता किम जोङ उनलाई एक प्रतिभाशाली व्यक्ति भन्नुभएको थियो ।

रक्षामन्त्री म्याटिसले कोरिया र जापानका उच्च अधिकारीहरुसँग सिङ्गापुर वार्ता, त्यसपछिको कोरियाको प्रायद्वीपको अवस्थाका बारेमा छलफल गर्नुहुने छ ।

त्यसैगरी उहाँले उत्तर कोरियाली नेता किमले निशस्त्रीकरणको लागि गरेका प्रयासहरुको बारेमा जानकारी गराउँदै उत्तर कोरियालाई निशस्त्रीकरणका लागि तयार गर्नुअघि उसले के गर्छ भन्ने बारेमा चनाखो रहन पनि छिमेकीहरुलाई आग्रह गर्नुहुने बुझिएको छ ।

तर भ्रमणका एजेण्डाहरु के हुन् भन्ने बारेमा भने अमेरिका, चीन, दक्षिण कोरिया तथा जापानको तर्फबाट पनि औपचारिक रुपमा भने केही सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम नरहेको पूर्वानुमान

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu