ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज दुई खेल: बेल्जियम र जापान भिड्दै, मेक्सिकोलाई हराउँदै ब्राजिल पुग्ला क्वाटरफाइनलमा ?


एबीसी न्यूज
१८ असार २०७५, सोमबार   ११ : ०८   बजे

काठमाडौं, १८ असार । विश्वकप फुटबलमा आज राती ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापानबीच प्रतिस्पर्धा हुँदैछ ।

रुसमा जारी विश्वकप फुटबलमा आज (सोमबार) प्रि–क्वाटरफाइनलको दुई खेल हुँदैछ ।

रुस विश्वकप अन्तर्गत आज नकआउट चरणको पाँचौ र छैटौं खेल हुन् लागेको हो । आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापानले प्रतिस्पर्धा गर्दै छन् ।

आज हुने पहिलो खेलमा ब्राजिल र मेक्सिकोले प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ मा सुरु हुनेछ ।

समारा स्टेडियममा हुने खेलमा दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । ब्राजिल समूह ई को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो । मेक्सिको समूह एफ को उपविजेता बन्दै प्रि– क्वाटरफाइनलमा पुगेको हो ।

विश्वकप अन्तर्गत आज हुने दोस्रो खेलमा युरोपियन राष्ट्र बेल्जियम र एसियन राष्ट्र जापानले प्रतिस्पर्धा गर्दैछ । बेल्जियम र जापानबीचको खेल नेपाली समय अनुसार राति ११ः४५ मा सुरु हुनेछ ।

ब्राजिल र मेक्सिको आजको पहिलो खेलमा ५ पटकको विश्वकप बिजेता ब्राजिल र मेक्सिको आमनेसामने हुनेछन् । बिश्वकपको सबै संस्करणमा सहभागीता जनाएको एक्लो राष्ट्र ब्राजिल छैटौं उपाधि हात पार्ने लक्ष्यमा रहेकाले मेक्सिकोको चुनौती सहजताका साथ पार लगाउने योजनामा छ ।

सामरा एरेनामा राती पौने ८ बजे हुने प्रतिस्पर्धा दुबै टोलीका लागी दवावपूर्ण रहनेछ । १६ वर्षदेखिको उपाधि जित हातपार्न नसकेको ब्राजिल नकआउटचरणको पहिलो शिकार मेक्सिकोलाई बनाउन चाहान्छ । समुह चरणमा स्विटजरल्याण्डसँग एक एकको बराबरीमा रोकिएपनि त्यसपछिका दुबै खेलमा सहज जित हात पारेको ब्राजिल, सोही लयका साथ अघि बढ्ने तयारीमा छ । फिलिप काउटिन्हो, पाउलिन्हो, विलियम, ग्राबिलियन जिसस, रोबर्टो फिरिमिनो र नेयमार जस्ता खेलाडीको जमघट भएपनि समग्र टोलीको फर्मप्रति भने प्रशिक्षक टिटे नै सशंकित छन् । समुहचरणमा अघिल्ला २ खेलमा सनसनीपुर्ण प्रर्दशन गरेको मेक्सिको ऐतिहासिक उपलब्धिको संघार नाघ्ने ध्याउन्नमा छ । २ पटक क्बाटरफाइनल खेलेको ईतिहास उल्टाउदै नयाँ उपलधिलाई आत्मसात गर्न ब्राजिललाई हराउनुको बिकल्प पनि मेक्सिकोसँग छैन ।
रसियन भुमीमा एकपछि अर्को अप्रत्यासी नतिजा आउने क्रम जारी रहेकाले मेक्सिको पनि क्रमभङ्गता हुनेमा आशाबादी देखिन्छ । हार्भिङ लोजानो, हाभियर हर्नान्डेज, कार्लोस भेला लगायतको प्रर्दशनमा भर परेको मेक्सिको बलियो प्रतिद्वन्द्वीलाई सहज अघि बढ्न दिने पक्षमा छैन् । यसअघि भएका ६ भेटमा ब्राजिल ४ मा बिजयी भएको छ । एक खेल मेक्सिकोले जित्दा बाँकि एक खेल बराबरीमा सकिएको थियो । बेल्जियम र जापान रोस्तोभ एरिनामा मध्यराती पौने १२ बजे बेल्जियम र जापानबीच प्रतिस्पर्धा हुनेछ । जापान समुह एचको उपविजेता र बेल्जियम समुह जीको विजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् । रसिया विश्वकपको नकआउट चरणमा एक्लो एसियाली राष्ट्र जापानलाई दवाव बनाउने दाउमा बेसल्जयम देखिन्छ ।

एशियाका बाँकी ४ राष्ट्र पहिलो चरणबाटै घर फर्किसकेकाले पनि महादेशको शाख जोगाउन ब्लु सामुराईलाई कडा मिहेनत गर्नुपर्नेछ । समुह चरणको खेलमा पानामा, ट्युनिसिया र ईङ्गल्याण्ड विरुद्धको तिनवटै खेलमा विजयी बेल्जियमले कुल ९ गोल गरेको थियो । रोमेलु लुकाकु र ईडिन हाजार्डलाई रोक्नु जापानका खेलाडिका लागि चुनौती भएपनि जापानी तासाकी ईनुई र सिन्जी कागावालाई रोक्न बेल्जियमको रक्षापंक्तिलाई ठुलै संघर्ष आवश्यक छ । सन् २००२ को फिफा विश्वकपको समुह चरणमा दुईबीच भएको प्रतिस्पर्धामा २–२ को बराबरी भएको थियो । दुई टोलीबीच गत नभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा बेल्जियम १–० ले विजयी भएको थियो । बेल्जियम विरुद्ध रक्षात्मक मात्रै नभई आक्रमणको रणनिति पनि जापानले अख्तियार गर्नेमा जापान सचेत छ, तर बलियो युरोपेली मुलुक बेल्जियमको चुनौती जापानका लागी सहज भने हुने छैन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौ २५–२७ मा एमाले केन्द्रीय कमिटी बैठक बोलाउने ओलीको निर्देशन

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

सम्बन्धित

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

३१ वर्षदेखि एउटै अध्यक्ष, २१ वर्षदेखि अधिवेशन छैन; साधारणसभा गराइदिन ठेकेदार पुगे सीडीओकहाँ

बागमतीमा नयाँ सत्ता समीकरण: एमाले–नेकपा–राप्रपाबीच सातबुँदे समझदारी, ७ सदस्यीय संयन्त्र गठन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu