एजेन्स, १९ असार । भारतको आर्थिक राजधानी मुम्बई शरहमा मङ्गलबार बिहान जारी भारी वर्षाका कारण एउटा पुल भत्किदा १५ जना बटुवा घाइते भएका छन् ।
भारी वर्षाको कारण सो पुल भत्किएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
मुम्बइको अँधेरी रेलवे स्टेसनमा रहेको पुल भत्किएको हो । यस घटनामा परी १५ व्यक्ति घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा उपचारार्थ लगिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्