ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलंकी-नागढुंगा सडकखण्डको मन्त्रीबाट छड्के अनुगमन


एबीसी न्यूज
१२ श्रावण २०७५, शनिबार   ५ : ५०   बजे


काठमाडौं, १२ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ स्वयं बर्तमान सडक अव्यवस्थापनको नमूना नै मानिने कंलकी–थानकोट सडकको अनुगमन गर्न पुग्दा सडकको दुरावस्था देखेर चकित भए । कारण थियो काठमाडौ प्रवेश गर्ने ९ किलोमिटर सडक विस्तार थालिएको ३ वर्ष पुग्दा पनि सडक जस्तो होइन रोपाई गर्न तयार परिएको खेतको गह्रो जस्तो देखेपछि । यो दृश्य देखेपछि मन्त्रीले स्थानियलाई साक्षी राखेर एक महिनाभित्र हिलो र धुलो नआउने गरी काम सक्न निर्देशन दिएका छन् ।

काठमाडांै प्रवेश गर्ने मुख्य सडक थानकोट–कंलकी सडक विस्तारका क्रममा लामो समयदेखि भएको निमार्णकार्यले गति लिन नसक्दा दैनिक काठमाडौ भित्रने हजारौं सवारी साधनदेखि थानकोट–कंलकीका स्थानिय समेतले सास्ती खेप्नु परेको छ । दैनिक करीव १० हजार सवारी साधन र डेढ लाख भन्दा बढि यात्रुहरु आवत–जावत गर्ने थानकोट–कंलकीे ९ किलोमिटर सडक निमार्णमा ढिलाईका कारण धेरैले सास्ती खेप्नु परिहेको छ । यो सडकको दुरावस्थाबारे गुनासो बढेसंगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठले थानकोट–कंलकी सडक खण्डको शनिबार अनुमगन गरेका छन् ।
काठमाडौंका सडकको अवस्थाबारे सामाजिक सञ्जालदेखि लिएर चौतर्फी आक्रोश व्यक्त गर्न थालिएपछि गत असारको दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री महासेठलाई बोलाएर ५० दिन भित्र जनगुनासोको सम्बोधन हुनेगरी सडक मर्मत गर्न निर्देशन दिएका थिए ।

अनुगमनका गएका मन्त्री महासेठमाथि स्थानियहरुको गुनासो थियो– सरकार π कहिले बन्छ यो सडक ? कंलकी थानकोट सडक वरपरमा बासिन्दाले घाम लाग्दा धुलो पानी पर्दा हिलोको मारका कारण आजीत भएको गुनासो सुनेपछि मन्त्री महासेठले भदौ १२ गते भित्र सडकखण्डमा हिलो र धुलो नआउने गरी जसरी पनि काम गर्न ठेकेदारहरुलँई निर्देशन दिएका हुन् ।
उपत्यका प्रवेशको मुख्य नाका भएर काठमाडौ आउने जो केहीलाई थानकोट– कंलकी सडकले गिज्याइरहदा समेत सरकारको ध्यान जान नसकेको अवस्थामा मन्त्री आफै पुगेर सडकको बेहाल हेरेर फर्केका हुन । पानी पर्दाको हिलो र घाम लाग्दाको धुलोका कारण लामो समय देखि थानकोट– कंलकीका बासिन्दा पिडित बनेका छन । नया“ बनेको स्थिर सरकारमाथि समृद्धि र विकास आशा गरेका स्थानीयबासीले सडकको दुराअवस्था अन्त्यको लागि माग गरेका छन ।

बाटो फराकिलो बनाउन भनेर सडक भत्काइएता पनि ३ वर्षसम्म पनि ९ किलोमिटर सडक गुणस्तरिय बन्न नसक्दा थानकोट– कंलकी सडक खण्डमा यात्रा गर्नेका लागि सास्ती खेप्नु परेको छ ।

थानकोट– कंलकी सडककै कारण देशभरबाट राजधानी काठमाडौं प्रवेश गर्ने सवारी साधान र यात्रुले घण्टौ जामको समस्या समेत खेप्नु परिरहेको छ । मन्त्रीले दिएको १ महिनाको निर्देशनलाई थानकोट–कंलकी सडक निमार्ण गर्ने ठेकेदारले समयमै काम सकेर सडकको मुहार परिर्वतन गर्न आवश्यक छ । अन्यथा अनुगमन अनुगमनमै र निर्देशन फोस्रो आश्वासनमा सिमित हुने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group