ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा स्थायी कमिटी स्रोत भन्छ– ‘वरिष्ठ नेता माधव नेपालले झुट बोले’


एबीसी न्यूज
१३ आश्विन २०७५, शनिबार   २ : ३३   बजे

काठमाडौं, १३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी सदस्यहरुलाई चियापानमा बोलाएर झुट कुरा बोलेको नेकपाका अन्य नेताहरुले दाबी गरेका छन् ।

नेता नेपालले प्रदेश कमिटी गठनबारे असन्तुष्टि जनाउँदै शुक्रबार स्थायी कमिटीका नेताहरुलाई बोलाएर चियापान गराउँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश कमिटीको नेतृत्व चयनमा एकलौटी गरेको गुनासो गरेका थिए । त्यसक्रममा नेता नेपालले आफुले पार्टी महासचिव विष्णु पौडेललाई यसबारेमा लिखित असहमति सहितको पत्र बुझाइसकेको बताएका थिए ।

तर, स्रोतका अनुसार महासचिव पौडेललाई नेता नेपालका सहयोगीले शनिबार बिहान मात्र पत्र पठाएका थिए । त्यसक्रममा पौडेलले नेपालको सबै कुरा शुक्रबारै दिउसो पत्रपत्रिका र अनलाइनबाट थाहा पाइसकेका हुनाले पत्र बुझ्न आवश्यक नरहेको प्रतिक्रिया दिएको स्रोतले दाबी गरेको छ ।

स्रोत भन्छ, ‘अन्य स्थायी कमिटी सदस्यहरुलाई आफुले शुक्रबारै असहमतिको पत्र बुझाएको भनेपनि शनिबार बिहान मात्र सहयोगी मार्फत पत्र पठाउनुबाटै नेता नेपालले झुट बोलेको प्रष्ट हुन्छ ।’

प्रदेश नेतृत्वबारे सचिवालयको निर्णय सार्वजनिक हुँदा वरिष्ठ नेता नेपाल अफ्रिकी मुलुक घानाको भ्रमणमा थिए । नेपालले आफ्नो अनुपस्थितिमा विधि र प्रक्रिया मिचेर प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिएको भन्दै असन्तुष्टि जनाए पनि यो प्रक्रियामा उनी स्वयं संलग्न भएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सबै शिर्ष नेताहरु उपस्थित बैठकमा नेतृत्वबारे सहमति जुटेको पनि स्रोतले दाबी गरेको छ । बरु, नेपालले घाना जाने कार्यक्रमबारे पार्टी नेतृत्वलाई कुनै जानकारी नगराएको आरोप लागेको छ । पार्टी नेतृत्वलाई नसोधी विदेशमा हुने सानातिना कार्यक्रममा वरिष्ठ नेता नेपाल अल्झिन थालेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group