ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हवाइ रुटको कारण अन्तराष्ट्रिय उडानमा ढिलाइ नहुने – मन्त्री अधिकारी


एबीसी न्यूज
१४ कार्तिक २०७५, बुधबार   ८ : २३   बजे


भैरहवा, १४ कात्तिक । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको कालोपत्रे गर्ने काम मगलबारदेखि शुरु भएको छ । सन् २०१९ को जुलाई १६ तारिख अघि नै संचालनमा ल्याउने लक्ष्य लिएको बिमानस्थलमा कालेपत्रेको काम सुरु भएका हो ।

२०७१ साल माघमा सिलन्यास भएको बिमानस्थल २०७४ पुस मसान्त भित्र पुरा गर्नु पर्ने भएता पनि मुलुकको राजनीतिक परिवर्तन र विविध कारणले सम्पन्न हुन नसकेको हो । पछिल्लो समय भने बिमानस्थल निर्माणको कामले तिव्रता पाएको हो । अहिलेसम्म बिमानस्थलमा निर्माण कार्य ५५ प्रतिशत सकिएको छ ।

बिमानस्थलमा रहेको ३ किलोमिटर धावन मार्ग रनवे, सव बेस लेयर र बेस लेयर पुरा गरि आयोजनाले पिचको काम शुरु गरेको हो । विमानस्थल निर्माण कार्यअन्तरगत अहिले निर्माण भइरहेको रन वे १ दशमलव २५ मिटर उचाइ, ३ हजार मिटर लम्बाइ तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइतर्फ दुवै किनारमा १५–१५ मिटर छाडिने छ ।

तीन हजार मिटर लामो रन वेको दुवैतिर ३/३ सय मिटर विमान सुरक्षाका लागि रन वे एण्ड सेङ्खटी एरिया (रेसा) निर्माणको पनि काम भइरहेको छ । सरकारले रनवे पिचको काम ६ महिना भित्र पुरा गर्न आयोजनालाई निर्देशन दिएको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र  अधिकारीले बताए ।

आयोजनाले रनवे पिचको काम ४ महिना भित्रै पुरा गर्ने लक्ष्य राखेको आयोजनाका निमित्त प्रमुख इन्जिनियर प्रवेश अधिकारीले दाबी छ । ६ महिना पछि बिमानस्थलको रनवे सकिएपछि आन्तरिक उडान शुरु हुने मन्त्री अधिकारीको दाबी छ । आन्तरिक उडान पछि सबै प्रकृया पुरा गरेर अन्तर्राष्ट्रिय उडान शुरु गर्ने उनले प्रतिबद्धता छ ।

मन्त्री अधिकारीले विभिन्न पर्यटकीय मुलुकको नाममा ख्याती कमाएकाहरु गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थनमा आउन इच्छा व्यक्त गरेको बताए । सरकारले नया“ सम्झौताहरु यस बिमानस्थलकै लागी भनेर गर्न पहलकदमी अघि बढाएको बताए । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको सुधार गर्न सरकारले प्रकृया अघि बढाएकोले अब जति सक्यो छिटो भैरहवामा अन्तराष्ट्रिय उडान हुने र निर्माणकार्य पुरा गर्न आयोजनालाई दबाव बढेको छ ।

गौतमबुद्ध बिमानस्थल प्रति अन्तराष्ट्रिय स्थरको चासो धेरै देखिएको छ । जसले गर्दा भविष्यमा बिमानको चाप धेरै अनुमान गर्न सकिन्छ । अहिले निर्माण पुरा भएको ६ वटा ठुला बिमान अट्ने पार्किङले नपुग्ने हुनाले थप ९ देखी १० वटा ठुला बिमान अट्ने पार्किङ आयोजनाले निर्माण गर्ने मन्त्री अधिकारीले भनाइ छ । त्यसैगरी अधिकारीले ४ वटा हवाई रुटमा सम्झौता गर्न भारतस“ग वार्ता हुने क्रममै भएको बताए । सुरक्षाको दृष्टीकोण देखाउदै भारतले महेन्द्रनगर र नेपालगंजको रुट दिन नमानेको तर सरकारले ति दुईटा रुट नभए भैरहवाको रुट मागेको अधिकारीको भनाई छ ।

रुटको कारण अन्तराष्ट्रिय उडानमा ढिलाइ नहुने बताउ“दै अधिकारीले निर्धक्क हुन अाग्रह गरे । अहिले प्रशासकीय भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । कूल ६ अर्ब २२ करोड रुपैया“ लागतको यो विमानस्थलमा एडिबीको ५४ करोड रुपैया“ अनुदान हो । बा“की चार अर्ब २० करोड रुपैया“ ऋण सहयोग छ । विमानस्थलको निर्माण कार्यको जिम्मा चिनिया“ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu