ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री खतिवडाको सफलता : सरकारसँग चालु आर्थिक बर्षमा ८० अर्ब रुपैयाँ भन्दा बढी बचत


एबीसी न्यूज
१४ कार्तिक २०७५, बुधबार   ९ : ४१   बजे

काठमाडौं, १४ कात्तिक । गत आर्थिक वर्षको सुरुमा कर्जा उठाएर खर्च चलाएको सरकारसँग चालु आर्थिक बर्षमा भने ८० अर्ब रुपैयाँ भन्दा बढी बचत देखिएको छ । उच्च दरको राजस्व असुली गर्न अर्थ मन्त्रालय सफल बनेसँगै सरकारको कोषमा ८० अर्ब रुपैयाँ बचत रहेको हो ।

गत आर्थिक वर्षको सुरुमा पैसा नहुँदा सरकारले साउनमै ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएर खर्च धान्नुपरेको थियो । सुरुमै ऋण उठाएको सम्भवत त्यो पहिलो पटक थियो ।  अर्थमन्त्री डा युवराज खतिवडाको सफलताले अहिले सरकारी कोषमा ८० अर्ब रुपैयाँ बचत रहेको हो ।

‘राजस्व संकलन उच्चदरले भएको र अन्य माध्यमबाट पनि पैसा प्राप्त भएकाले अहिले सरकारसँग करिब ८० अर्ब रुपैयाँ बचत छ,’ अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले भन्नुभयो । सचिव ढुंगाना अव खर्चमा जोड दिएर अघि बढनु पर्नेतर्फ अर्थको ध्यान केन्द्रित भएको बताउनु हुन्छ ।

‘तरलता पर्याप्त भएकाले अबका दिनमा खर्चमा जोड दिएर लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्नुपर्नेछ,’ ढुंगानाले भन्नुभयो । सरकारले चालु आवमा ८ प्रतिशतको आर्थिकवृद्धि गर्ने लक्ष्य राखेको छ । विभिन्न कोषसहित अहिले सरकारी ढुकुटीमा झण्डै २ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ । तर सरकारले ती सबै रकम सरकारले खर्च गर्न पाउँदैन । यसमध्ये करिब ८० अर्ब रुपैयाँ सरकारले खर्च गर्न पाउँछ ।

चालु आर्थिक वर्षका तीन महिना (साउन-भदौ-असोज) मा सरकारको राजस्व असुली ४२ प्रतिशतभन्दा माथि छ । गत वर्षको सुरुका २ महिनामा यस्तो असुली १० प्रतिशत मात्र थियो । अर्थतन्त्रलाई मजवुत बनाउने लक्ष्यसहित अर्थ नेतृत्वले राजस्व असुलीमा कडाई गरेपछि सरकारले अघिल्लो बर्षको तुलनामा निकै बढीराजस्व असुली गरेको हो ।

सरकारले राजस्वबाट मात्रै तीन महिनामा एक खर्ब ९८ अर्ब रुपैयाँ उठाएको छ । चालु बजेटले राखेको ३४ प्रतिशतको महत्वाकांक्षी लक्ष्यभन्दा पनि अहिले उठेको राजस्व बढी हो।

राजश्व सचिव ढुंगानाका अनुसार यही अवधिमा विश्व बैंकबाट डेभलपमेन्ट पोलिसी क्रेडिटअन्तर्गतको २३ अर्ब रुपैयाँ प्राप्त भएको छ । यस्तै सरकारले विभिन्न दातृ निकायहरुबाट ३७ अर्ब रुपैयाँ सोधभर्ना पनि लिएको छ । सोचेभन्दा धेरै राजस्व असुली भएको र अन्य क्षेत्रबाट पनि यसरी रकम जम्मा भएका बेला लक्ष्यअनुसार पुँजीगत खर्च नहुँदा सरकारसँग पैसाको छेलोखेलो भएको हो ।

चालु आवको तीन महिनामा सरकारले करिब २२ अर्ब ६९ करोड रुपैयाँ पुँजीगत बजेट खर्च गरेको छ । यो सात दशमलब १९ प्रतिशत मात्र हो । धेरै पुँजीगत बजेट दिएका विकासे मन्त्रालयहरुले १० प्रतिशतभन्दा बढी खर्च गर्न सकेका छैनन्।

राजस्वसचिव ढुंगानाले अर्थले खर्च बढाउन सबै मन्त्रालयलाई आग्रह गरिरहेको जानकारी दिए । ‘प्रत्येक महिनाको एक वा दुईपटक सबै मन्त्रालयका पदाधिकारीसँग बसेर पुँजीगत खर्च कसरी बढाउने भनेर छलफल गरिरहेका छौं,’ ढुंगानाले भन्नुभयो, ‘अर्थले अनुगमन गर्ने काम पनि गरिरहेको छ।’

आयोजनाहरुका लागि बजेटमा दिएको स्रोत जुटाइदिने काम अर्थ मन्त्रालयको हो । स्रोत दिने भएकाले स्वाभाविक यो मन्त्रालयले खर्च गर्न पनि घचघच्याउने काम गर्छ । तर बजेट खर्च गर्ने दायित्व भने सम्बन्धित मन्त्रालयहरुकै हो ।
जनशक्ति व्यवस्थापन र कार्यक्रमहरुमा देखिएको अन्योलताका कारण यो वर्ष पनि प्रदेश सरकारहरुले बजेट खर्च गर्न नसक्ने अवस्था रहेको बताइएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारसँग पर्याप्त पैसा भएकाले गत वर्षजस्तो अहिले आन्तरिक ऋण उठाइने छैन । अघिल्ला वर्षहरुमा जस्तै बजेटको अर्धवार्षिक समीक्षापछि माघ-फागुनतिर आन्तरिक ऋण उठाउन सुरु गरिने छ।

चालु आवमा रेमिटेन्स पनि गत वर्षभन्दा बढी आएको छ । गत वर्ष रेमिटेन्सको वृद्धि ०.७ प्रतिशतले खुम्चिएको थियो। यो वर्षको दुई महिनामा भने यसको वृद्धिदर ३३.४ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group